+
+

सरकारले भूकम्प प्रभावित क्षेत्रमा कति पठायो त्रिपाल र ब्ल्यांकेट ?

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १६:२१

१९ कात्तिक, काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल, ब्ल्यांकेट र स्लिपिङ ब्यागहरु पठाएको छ ।

गृह मन्त्रालयका अनुसार जाजरकोट र रुकुम पश्चिममा मन्त्रालय, सशस्त्र प्रहरी बल र युनिसेफले त्रिपाल, ब्ल्यांकेट र स्लिपिङ ब्यागहरु पठाएको हो ।

जजरकोटमा गृह मन्त्रालयले १०० थान ब्ल्यांकेट, १०० थान त्रिपाल र ५५० स्लिपिङ ब्याग पठाएको छ । सशस्त्र प्रहरी बलले ५ हजार थान त्रिपाल र ३५० थान ठूला टेन्ट पठाएको छ भने युनिसेफले ६८ थान त्रिपाल र ५ थान म्याट्रेस पठाएको छ ।

रुकुम पश्चिममा गृह मन्त्रालयले १०० थान ब्ल्यांकेट, २२६ थान त्रिपाल र ५५० थान स्लिपिङ ब्याग पठाएको छ । सशस्त्र प्रहरीले ५ हजार थान त्रिपाल र ३५० थान टेन्ट पठाएको छ भने युनिसेफले ६६७ थान त्रिपाल पठाएको छ ।

मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा गएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा मन्त्री र सांसदहरूहरुको टोलीले एक हजार ५० थान स्लिपिङ ब्याग, २०२ त्रिपाल र १०० थान ब्ल्याङ्केट समेत वितरण गर्ने छ ।

टोलीमा उपप्रधानमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, ऊर्जामन्त्री शक्ति बस्नेत, सांसद जनार्दन शर्मा लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?