+
+

ग्लोबल आईएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते १२:१७

२० कात्तिक, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त भएका छन् ।

आइतबार बसेको संचालक समितिको बैठकले पोखरेललाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको बैंकले जनाएको छ । पोखरेलसँग दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव छ ।

वित्तीय संस्थाहरुको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका पोखरेलले यसअघि आईएमई ग्रुपको वरिष्ठ उपाध्यक्षको भूमिकामा रही कार्य सम्पादन गरेका छन् । साथै रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत उनले सम्हालिसकेका छन् ।

बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्तपछि पोखरेलले बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो भूमिका रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?