+
+

‘ससुराल सिमर’की माता जयतीको नेपाल घुमघाम : पशुपति दर्शनदेखि हट एयर बेलुनसम्म (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते १७:०६

काठमाडौं । भारतीय टेलिभिजन श्रृंखलाकी चर्चित अभिनेत्री जयती भाटियाले यसैसाता नेपाल भ्रमण गरेकी छन् । चारदिने भ्रमणमा उनले काठमाडौंको पशुपतिनाथ, गुह्येश्वरी, स्वयम्भूलगायतका सम्पदाको दर्शन गरिन् ।

त्यसपछि उनले दुई दिन पोखरा घुमफिर गरिन् । हट एयर बेलुन, फेवाताल र महेन्द्रगुफा घुमेकी भाटिया नेपालमा समेत चर्चित छिन् । कलर्स टिभीमा प्रसारण हुने श्रृंखला ‘ससुराल सिमरकी’मा उनले माताजीको भूमिका निर्वाह गरेकी छन् । उनलाई यो सिरिजबाट चिन्ने नेपालमा धेरै छन् । यहाँ फ्यान फलोइङ पनि उच्च छ ।

मुम्बई फर्किनुअघि उनले काठमाडौंको टुकुचे थकालीमा ढिंडो र लोकल कुखुराको मासुको स्वाद लिइन् । देहरादूनका पारिवारिक साथीसँग नेपाल आइपुगेकी भाटियाले नेपाली खाना, प्राकृतिक सौन्दर्यको प्रशंसा समेत गरिन् ।

यसअघि पशुपति दर्शनको लागि नेपाल आउने तयारी गरे पनि कोभिडको कारण आउन नसकिएको भाटियाको भनाइ उध्दृत गर्दै उनी निकट विकास रौनियारले जानकारी दिए । ‘कोभिडको कारण आमासँग पशुपति दर्शनमा आउने उनको यसअघिको योजना पूरा भएन । केही समयअघि आमाको निधन भयो । आमाको लागि भए पनि उहाँ यतिबेला आफैं पशुपति दर्शनमा आउनुभयो,’ रौनियारले अनलाइनखबरसँग भने ।

विकास र निर्देशक सम्झना उप्रेतीसँगै भाटियाले पशुपति घुमघाम गरेकी थिइन् । कामको कुरा गर्दा भाटिया अहिले सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’मा व्यस्त छिन् । अमेजन प्राइमको सिरिज ‘दहाड’मा उनले सोनाक्षी सिन्हाकी आमाको भूमिका समेत निर्वाह गरेकी थिइन् ।

तस्वीर : विकास रौनियार र सामाजिक सञ्जाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?