+
+

सिराहाबाट पेस्तोल, नगद र रिचार्ज कार्डसहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते ९:१८

२१ कात्तिक, जनकपुरधाम । सशस्त्र प्रहरीले सिराहाबाट आधुनिक हतियार र नगदसहित तीन जनालाई पक्राउ गरेको छ ।

सोमबार साँझ सिराहाको लहान नगरपालिका-१ सिङ्गराहीमा सशस्त्रको टालीले चेकजाँच गर्ने क्रममा स९प ४९७१ यमहा सोलुटो मोटर साइकलमा सवार तीनजनालाई ९ एमएमको पेस्तोलसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सप्तरीको सुरुङ्गा नगरपालिका-८ का ३२ वर्षीय अनिल राम, सुरुङ्गा- ५ का ३० वर्षीय जिबान्नद चौधरी र सप्तरीकै खड्क नगरपालिका-४ का ३५ वर्षीय कासंजयप्रसाद चौधरी रहेको सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख डिआजी दिपेन्द्र साहले जानकारी दिए ।

उनीहरूको साथबाट ९ एमएमको एउटा पेस्तोल,  एउटा म्याग्जिन, २ थान गोली, नगद एक लाख ८४ हजार २५३ रुपैयाँ, चार थान मोबाइल सेट र विभिन्न कम्पनीको ४ लाख ६४ हजार ५ सय मूल्य बराबरको रिचार्ज कार्ड बरामद भएको डिआइजी साहले बताए ।

उनीहरू अपराघिक गतिविधिमा संलग्न रहेको र भविष्यमा अप्रिय घटना घटाउन सक्ने शंकास्पद भएकाले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाउने सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?