+
+

प्रधानमन्त्रीलाई रविको आग्रह : जनतालाई चिसोबाट बचाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते ११:५१

२२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूकम्प प्रभावित क्षेत्रको अवस्थाका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएका छन् ।

बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेर रास्वपाका सभापति लामिछानेले १४ बुँदे सुझाव दिएका हुन् ।

जाजरकोट र रुकुम पश्चिम पुगेर फर्किएका लामिछानेले राहत व्यवस्थापन, वितरण, पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमै पुगेर लिएको पहलकदमी र सुझावका लागि सभापति लामिछानेलाई धन्यवाद दिएको रास्वपाले जनाएको छ ।

प्राथमिकताका आधारमा सुझावहरु कार्यान्वयनका लागि मन्त्रिपरिषद्को बैठकमा राख्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाएको रास्वपाले जानकारी गराएको छ ।

‘परिवर्तनका लागि विगतमा तातो गोली थाप्न तयार भएका जनतालाई चिसोबाट बचाउनुस्’ भनेर रास्वपा सभापति लामिछानेले आग्रह गर्दा प्रचण्ड गम्भीर भएको रास्वपाले जनाएको छ ।

राहत सामग्री जिल्ला प्रशासनमा थुप्रिएको तर पीडितले नपाएको विषयलाई लामिछानेलाई प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

राहत वितरणमा एकरुपता नदेखिएको, राज्यप्रति पीडितको भरोसा नभएको, त्रिपाल गुणस्तरहीन भएको, बालबालिकाको अवस्थाप्रति राज्य गम्भिर नदेखिएको लगायतका विषयलाई रास्वपा सभापति लामिछानेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?