+
+

राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ : पर्यटनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते १३:०९
फाइल तस्वीर

२३ कात्तिक, काठमाडौं । राज्यले निजी क्षेत्रलाई हेर्ने नीति बदल्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताएका छन् ।

राज्यका तीन खम्बे अर्थ नीति भएपनि निजी क्षेत्रलाई लगानी गर्न सहज वातावरण भने व्यवहारमा नरहेको मन्त्री किरातीले बताए ।

बिहीबार नक्सालस्थित होटल होलिडे इन एक्सप्रेसको उद्घाटनका अवसरमा मन्त्री किरातीले यस्तो बताएका हुन् ।

राज्यको अर्थतन्त्र जटिल बन्दै गइरहेको बेला निजी क्षेत्रलाई लगानी गरेर रोजगार तथा आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा मन्त्री किरातीको जोड छ ।

निजी क्षेत्रले पनि नेपाली श्रम र संस्कृतिसँगै प्रकृतिको समायोजन गरेर नेपालीपनको रोजगार सृजना गर्ने गरी लगानी गर्नुपर्ने उनको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?