१९ चैत, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य एवं पूर्वमन्त्री सुदन किराँतीले राजीनामा दिएका छन् ।
उनले बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा राजीनामा पत्र बुझाएका हुन् ।
प्रलोपा स्रोतले अध्यक्ष परिषद्का सदस्य किराँतीले पदबाट राजीनामा दिएको पुष्टि गरेको छ । तर, उनको राजीनामा स्वीकृत भइसकेको स्रोत बताउँछ ।
तत्कालीन नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहितका दलहरूसँग एकता गरेपछि किरातीले पार्टी परित्याग गरेर प्रलोपामा गएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4