News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वमन्त्री सुदन किरातीले ५ माघ २०७९ मा प्रतिनिधिसभा चुनाव नलड्ने निर्णय गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
- प्रगतिशील लोकतान्त्रिक पार्टीले किरातीलाई भोजपुर र सुनसरी–१ बाट उम्मेदवार सिफारिस गरेको थियो।
- किरातीले नयाँ पुस्ताको नेतृत्व निर्वाचित गर्न सकियोस् भनेर आफूले उम्मेदवारी नदिने र हर्क साम्पाङ र ध्रुव राईलाई समर्थन गर्ने उल्लेख गरेका छन्।
५ माघ, भोजपुर । पूर्वमन्त्री सुदन किरातीले प्रतिनिधिसभा चुनाव नलड्ने भएका छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले भोजपुर र सुनसरी–१ बाट किरातीको नाम सिफारिस गरेको थियो । तर, किरातीले सामाजिक सञ्जालमार्फत यसपटक चुनाव नलड्ने जानकारी दिएका छन् ।
‘मलाई पटकपटक निर्वाचित गर्नु हुने भोजपुरका नागरिकहरूप्रति मुरीमुरी आभार व्यक्त गर्दछु र नयाँ पुस्ताको नेतृत्व निर्वाचित गर्न सक्नुहोस् भनेर यसपटक उम्मेदवार नबन्ने निर्णय गरेको अनुरोध गर्दछु,’ उनले लेखेका छन् ।
आफूले उम्मेदवारी दिदा नयाँहरूको मत काटिने र पुरानै दलले जित्ने सम्भावना भएकाले चुनाव नलड्ने निष्कर्षमा पुगेको किरातीले लेखेका छन् ।
सँगै, उनले सुनसरी–१ मा हर्क साम्पाङ र भोजपुरमा ध्रुव राईलाई समर्थन रहने पनि उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4