+
+

‘टुवेल्फ्थ फेल’ बन्यो बलिउडमा धेरै नाफा कमाउने फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते १६:०५

काठमाडौं । सन् २००० मा रिलिज भएको ‘मिसन कश्मीर’ सबैभन्दा धेरै चर्चा बटुलेको भारतीय फिल्ममध्येको एक थियो । सोही वर्ष ऋतिक रोशनलाई रातारात स्टार बनाएको फिल्म ‘कहो ना प्यार है’ पनि सार्वजनिक भएको थियो । हुन त त्यो फिल्मले औसत व्यापार गर्दै २३ करोड भारु कमायो ।

सन् २०२३ मा निर्देशक विधुविनोद चोपडा नयाँ फिल्म ‘टुवेल्फ्थ फेल’ लिएर फर्किएका छन् । विक्रान्त मेस्सी स्टारर यो फिल्मले कमाइको मामिलामा ‘मिसन कश्मीर’लाई समेत उछिनेको छ । यो फिल्मले भारतमा २५.६१ करोड भारु नेट कमाइसकेको छ ।

मंगलबारसम्म फिल्मले २४.१६ करोड भारु कमाएको थियो । बुधबार पनि फिल्मले थप १.४५ करोड भारु कमायो । यदि अहिलेको स्थितिमा हुन्थ्यो भने ‘मिसन कश्मीर’को कमाइ १०० करोड भारुभन्दा धेरै हुन्थ्यो भने यसको कुल कमाइ डेढ सय करोड हुन्थ्यो ।

यो हिसाबमा ‘टुवेल्फ्थ फेल’लाई विधुविनोद चोपडाको अहिलेसम्म धेरै कमाइ गर्ने सफल फिल्म मान्न सकिन्छ । यो फिल्मले सजिलैसँग भारतीय बक्स अफिसमा ३५ करोड भारुको कमाइ गर्ने देखिएको छ ।

यो फिल्मको सफलतासँगै निर्देशक चोपडा ७० वर्षको उमेरमा पनि हिट फिल्म बनाउने मेकरको रुपमा दरिएका छन् । यसअघि यश चोपडाले ८० वर्षको उमेरमा ‘जब तक है जान’ र ७२ वर्षको उमेरमा ‘वीरजारा’ बनाएका थिए ।

‘टुभेल्थ फेल’ फिल्मको सफलताले के पुष्टि गर्छ भने अहिले पनि दर्शक असाधारण कथावस्तुप्रति आकर्षित हुन्छन् । यो फिल्मले भारतको लोकसेवाको प्रवेश परीक्षामा एक विद्यार्थीले उत्तीर्ण गर्न गर्ने संघर्षको कथा पेश गर्छ । यो फिल्मले असफलतामा हार नमान्न र हिम्मतलाई निरन्तरता दिन सन्देश दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?