+
+

इटहरीकी पृथ्वीया थापाले जितिन् मिसेस नेपाल वर्ल्डको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते १६:३०

काठमाडौं । इटहरीकी पृथ्वीया थापाले मिसेस नेपाल वर्ल्ड-२०२३ को उपाधि जितेकी छन् । काठमाडौंमा सम्पन्न विवाहित महिलाको सौन्दर्य प्रतियोगितामा उनले उपाधि चुमिन् ।

उपाधिसँगै उनले आगामी जनवरीमा अमेरिकाको लस भेगासमा हुने मिसेस वर्ल्डको अन्तर्राष्ट्रिय संस्करणमा सहभागिताको मौका पाएकी छन् ।

प्रतिस्पर्धामा सिर्जना केसीले मिसेस नेपाल इन्टरनेसनलको उपाधि जितिन् । उनले मस्ट फोटोजेनिकको सहविधा पनि हात पारिन् । केसीले सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा समेत भाग लिने मौका पाएकी छन् ।

सीता सुवेदी एमएस नेपाल इन्टरनेसनलका साथमा रिबन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाइस अवार्ड विजेता बनिन् । प्रज्ञा प्रतिष्ठानमा भएको प्रतिस्पर्धामा अभिनेत्री भुवन चन्दलाई सम्मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधि प्रदान गरियो ।

एसिडविरुद्धकी अभियन्ता मुस्कान खातुनलाई विशेष सम्मान गरिएको थियो । आइना गजुरेल फस्ट रनर्सअप भइन् भने उत्कृष्ट र्‍याम्पवाकका साथै सेकेन्ड रनर्सअप निशा, सरु राणा थर्ड रनर्सअप भए । आयुष्मा राईले पब्लिक च्वाइस अवार्ड जितिन् ।

विजेतालाई मिसेस वर्ल्ड-२०२२ की विजेता सरगम कौशलले ताज पहिराएकी थिइन् । सौन्दर्य प्रतियोगिता संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति, त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलका प्रबन्ध निर्देशक प्रतापबाबु तिवारी, नेपाल प्रहरीकी एआईजीपी आशा सिंह, मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल, पत्रकार अखण्ड भण्डारी र अभिनेत्री सरिता लामिछाने निर्णायक रहेका थिए ।

गत वर्ष मिसेस नेपाल वर्ल्डमा दीक्षा केसी र मिसेस नेपाल इन्टरनेसनलमा अभिनेत्री उषा रजक विजयी भएका थिए । प्रतिस्पर्धाको आयोजना काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको थियो । रिवन इन्टरटेनमेन्टको आयोजनामा असम र युथ वेद सहप्रायोजक रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?