+
+

काठमाडौंमा राति १ बजेसम्म देउसी खेल्न पाइने, नगर प्रहरीले ‘पेट्रोलिङ’ गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २४ गते १३:००

२४ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकामा राति एक बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ । महानगरपालिकाले नगर प्रहरीको पेट्रोलिङमा देउसी भैलो खेल्ने समय एक बजेसम्म राखिएको महानगरका मेयर बालेन साहले जनाएका छन् ।

मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो वर्ष काठमाडौं महानगर नगरप्रहरीले राति एक बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको ब्यवस्था मिलाएका छौं र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हार्दिक अनुरोध गर्दछौं, सोही अनुरुप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछांै ।’

अघिल्ला वर्षहरुमा महानगरमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने नियम थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?