+
+

विदेश जाने विद्यार्थीसँगै ३ महिनामा बाहिरियो ३३ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २४ गते १५:०२

२४ कात्तिक, काठमाडौं । नेपालबाट विदेश जाने विद्यार्थीसँगै चालु आर्थिक वर्ष (आव) २०८०/८१ को तीन महिनामा ३३ अर्ब रुपैयाँ विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असोजसम्म शिक्षातर्फ ३२ अर्ब ९२ करोड रुपैयाँ विदेशिएको छ । यो गत आवको यसै अवधिको तुलनामा झण्डै दोब्बर हो । सो आवको तीन महिनामा १७ अर्ब ८९ करोड रुपैयाँ बाहिरिएको थियो ।

यस अवधिमा भ्रमण व्यय ५१ अर्ब ८० करोड रहेको छ । जसमध्ये शिक्षामा मात्र ३३ अर्ब रुपैयाँ विदेशिएका नेपाल राष्ट्र बैंकले जनाएको छ ।

भ्रमण आय भने १७ अर्ब २ करोड रुपैयाँ छ । यो गत आवको तुलनामा ५१.३ प्रतिशत धेरै हो । पर्यटक आगमनमा भएको वृद्धिसँगै भ्रमण आयसमेत बढेको छ । अघिल्लो आवको तीन महिनामा भ्रमण आय ११ अर्ब २४ करोड रुपैयाँ मात्र थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा सेवा आय २९ अर्ब ५६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिमा खुद सेवा आय २३ अर्ब ७४ करोड रुपैयाँले घाटामा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?