+
+

इण्डियन आइडलको मञ्चमै मेनुका पौडेललाई फिल्मको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २५ गते १२:०९

काठमाडौं । इण्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपाली गायिका मेनुका पौडेललाई फिल्मको अफर आएको छ । उक्त शोको दिपावली विशेष एपिसोडमा एक गेस्टले उनलाई फिल्ममा अभिनय र गायनको प्रस्ताव राखेका हुन् ।

मेनुकाको गायकीबाट प्रभावित भएर उनले इण्डियन आइडलको स्टेजमा भनेका छन्- एउटा फिल्म जो जुन लामो समयदेखि बनाउने तयारी छ । एक गायिका जसले आफ्नो स्वरबाट सबैको मन जित्छिन् र देख्न सक्दिनन् । त्यो फिल्म ‘लभ एट फस्ट साउण्ड’को कथावस्तुमा आधारित हुनेछ ।’

इण्डियन आइडलको मंचमै फिल्मको प्रस्ताव आएपछि मेनुकालाई दिपावलीको राम्रो उपहार मिलेको भन्दै प्रशंसा भैरहेको छ । फिल्मको प्रपोज भएपछि जज् पनि खुशि भएर ताली बजाएका छन् ।

कतिपय भारतीय संचारमाध्यमले लता मंगेशकरको आवाजसँग मेनुकाको आवाजलाई पनि तुलना गरिरहेकी छन् । अहिले उनी टप १५ मा प्रतिस्पर्धा गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?