+
+

धनगढीका दुई ठाउँमा फूल बिक्री केन्द्र स्थापना

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २६ गते १४:२३

२६ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा दुई ठाउँमा फूल बिक्रि केन्द्र स्थापना गरिएको छ ।

धनगढी उपमहानगरपालिकाले फूल उत्पादक किसानका लागि दुई ठाउँमा फूल बिक्रि केन्द्र स्थापना गरेको हो ।

उपमहानगरपालिकाले आइतबार बोराडाँडीमा रहेको भाटभटेनी सुपर मार्केट र उपमहानगरपालिका कार्यालय परिसर अगाडि बिक्री केन्द्र स्थापना गरेको हो ।

नगर प्रमुख गोपाल हमालले उपमहानगरले स्थापना गरेको फूल बिक्री केन्द्रबाट सेवाग्राहीले सहज रुपमा फूल पाउने विश्वा व्यक्त गरेका छन् ।

धनगढीमा एक दर्जन बढि किसानले व्यवसायीक रुपमा फूल खेती गर्दै आएका छन् ।

किसानले उत्पादन गरेका फूल तिहारमा सहज रुपमा बिक्री गर्न सकियोस् भन्ने उद्देश्यले केन्द्र स्थापना गरि सहयोग गरेको उपमहानगरले जनाएको छ ।

धनगढी उपमहानगरपालिकाले विगत वर्षदेखि प्लास्टिकका फूलमालाको आयात र बिक्री वितरणमा रोक लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?