+
+

घट्यो सुन चाँदीको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २७ गते १२:३१

२७ कात्तिक, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

आजका लागि छापावल सुनको मूल्य एक लाख १३ हजार २०० र तेजावी सुनको मूल्य एक लाख १२ हजार ६५० रुपैयाँ कायम भएको छ ।

आइतबार एक लाख १३ हजार ७ सय रुपैयाँमा छापावाल सुन, एक लाख १३ हजार १५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य आज एक हजार ३६० रुपैयाँ कायम भएको छ । आइतबार एक हजार ३८० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?