+
+

चिनियाँ कम्पनीले बनाएको टिकटक चीनमै प्रतिबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २७ गते २०:२२

२७ कात्तिक, काठमाडौं । टिकटकको डेटा सुरक्षा र अराजकताप्रति चिन्तित हुँदै विश्वभर यसलाइ प्रतिबन्धको बहस चलिरहेको छ । नेपालमा पनि मन्त्रिपरिषद्ले सोमबार मात्र टिकटक प्रतिबन्धको निर्णय गरेको छ । विश्वभर लोकप्रिय एप्लिकेशन टिकटक चिनियाँ कम्पनीले बनाएको हो । तर यही एप्लिकेशन भने चीनमा चल्दैन ।

चीनमा डुयोबिन एप्लिकेशन चल्छ । यो टिकटकको भगिनी एप्लिकेशन हो । दुबै एप्स बाइट डान्सले बनाएको हो । डुयोबिनको अल्गोरिदम नै टिकटकको जननीको कारण बनेको थियो । त्यसकै बलमा यसले विश्वमा लोकप्रियता कमाएको हो । सतहमा दुबै कम्पनी उस्तै देखिएपनि यी एप्सका नियममा धेरै भिन्नता छ ।

डुयोबिन प्रतिदिन ६ सय करोड प्रयोगकर्ताले प्रयोग गर्छन् । सन् २०१६ मा बनेको डुयोबिनले पनि लाइभ स्ट्रिमिङमार्फत पैसा कमाउँथ्यो ।

त्यही एप्सबाट आर्जित रकमबाट बाइट डान्सले टिकटक बनाएको हो । उनले सन् २०१२ टुसियो बनाएका थिए । हरेक प्रयोगकर्ताका लागि त्यसमा अनुकुलन सुविधासहितको न्यूज फिड थियो । हरेक प्रयोगकर्ताले त्यसमा प्रतिदिन कम्तीमा ७० मिनेट चलाउँथे ।

बाइट डान्सले डोयोबिनमा पनि प्रयोगकर्ता टिकाउन उस्तै फर्मुला लगायो । सन् २०१७ मा बाइट डान्सले अमेरिका केन्द्रित भिडियो स्टार्टअप कम्पनी खरिद गर्यो । त्यस मार्फत उसले डुयोबिनको प्रवासी  संस्करण ल्यायो । उसले म्युजिकल्ली पनि खरिद गरेर सन् २०१८ मा टिकटक प्रयोगकर्तासामु ल्यायो ।

सन् २०१८ देखिनै विश्वभर यसको लोकप्रियता बढ्दै गएको थियो । सन् २०२१ भित्र विश्वभर टिकटक प्रतिमहिना १ अर्बले सक्रिय रुपमा प्रयोग गर्थे ।

टिकटक र डुयोबिनको भिन्नता

झट्ट हेर्दा टिकटक र डुयोबिन उस्तै देखिन्छन् । तर यसमा एउटा भिन्नता छ । डुयोबिनमा स्वचालित सौन्दर्य फिल्टर छ । छालाको प्रकृति अनुसार स्वचालित रुपमा त्यसले विभिन्न सौन्दर्य फिल्टर प्रयोग गर्छ ।

यता टिकटकमा भने त्यस सुविधा उपलब्ध छैन । प्रयोगकर्ताले नै फिल्टरका विभिन्न विकल्पको छनौट गर्नुपर्छ । डुयोबिनको फिल्टरका कारण चीनका महिलाहरु रुप फेर्नुपर्ने दबाबमा पुगेका थिए। सन् २०१४ देखि २०१७ को बीचमा प्लास्टिक सर्जरी गर्नेहरुको संख्या दुई गुणाले बढेको थियो ।

डुयोबिनमार्फत लाइभ आएर चीनमा सामान विक्री हुन्थ्यो । डुयोबिन मार्फत बिक्री कोरोना महामारीमा ह्वात्तै बढेको थियो । अहिले त्यस ट्रेन्ड टिकटकमा सुरु भएको छ । चीनको वाणिज्य परिषद्का अनुसार डुयोबिनमा लाइभ आएर सामान बेच्ने ४ सय ६० करोड बढी प्रयोगकर्ता छन् । अलिबाबा इ- बे जस्ता अनलाइन विक्रेताले पनि डुयोबिनको अत्यधिक प्रयोग गर्छन् ।

चीनको कठोर नियमनको पालना डुयोबिनले गर्दै आएको छ । उसले राजनीतिक रुपमा संवेदनशील सूचनामा सेन्सर गर्छ । तियानमिन १९८९ बारे खोज्दा डुयोबिनमा कुनै विषयवस्तु भेटिएनन् । तर,  टिकटकमा यसका केही अंश भेटिन्छन् । ‘बाइट डान्सको यो विरोधाभास निकै रोचक छ’, चीनमा लगानी गर्दै आएका डुनकान क्लार्क भन्छन् ।

डुयोबिनमा युवा प्रयोगकर्तालाई प्रतिबन्ध छ । १४ वर्षका मुनिकाले प्रति दिन ४० मिनेटका दरले बेलुका १० बजेदेखि बिहान ६ बजेको बीचमा चलाउन पाउँछन् ।  टिकटकले पनि १८ वर्ष मुनिकाहरुको खाता प्रतिदिन १ घण्टामात्रै चल्ने बनाउन लागेको थियो । टिकटकका अलावा बाइट डान्सको एप्स क्यापकट, टेमु पनि लोकप्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?