+
+

जाजरकोट भूकम्प पीडितका लागि शिव परियारको ५० हजार सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २८ गते ११:३७
फाइल तस्वीर

काठमाडौं । गायक शिव परियारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि ५० हजार रुपैयाँ सहयोग गरेका छन् । उनले क्यानडास्थित नेपाली संस्था नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिस (एनसीसीएस)को अभियानमार्फत सहयोग रकम हस्तान्तरण गरेको अनलाइनखबरलाई बताए ।

‘भूकम्पबाट ठूलो जनधनको क्षति व्यहोरिरहनुभएका दाजुभाइ-दिदीबहिनीको पीडामा थोरै भए पनि मल्हम लगाउन सकुँ भन्ने उद्देश्यले क्यानडास्थित एनसीसीएस संस्थाकी अध्यक्ष विना बर्मा र जाजरकोट थातथलो भई हाल क्यानडामै बसोबास गर्दै आउनुभएका कर्ण बटालाज्यू आवद्ध यो संस्थाको अभियानमार्फत मैले पनि सहयोग रकम हस्तान्तरण गरेको हुँ,’ गायक परियारले भने ।

गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको ६. ४ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १५७ जनाको मृत्यु भएको थियो भने थुप्रै घाइते छन् । भूकम्प पीडितहरुका लागि विभिन्न व्यक्ति र संघसंस्थाले समेत राहत संकलन तथा वितरण गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?