२९ कात्तिक, काठमाडौं । बुधबार भाइटीका लगाएसँगै यसवर्षको तिहार पनि सकिएको छ । तिहार सकिए पनि काठमाडौंका घरहरु केही दिन झिलिमिली देखिनेछन् । तिहारको बेला घर, कार्यालय र व्यापारिक भवनमा राखिएका झिलिमिली बत्ती तत्काल हटाइँदैनन् ।
झिलिमिली बत्ती राख्ने क्रम काठमाडौंमा बर्षेनी बढ्दै गएको देखिन्छ। हिजोआज पुरै ढाक्ने गरी झिलिमिली बत्ती नराखेको घर देख्न मुस्किल हुन थालेको छ । त्यसैले लक्ष्मीपूजामा मात्र होइन तिहारको जुनसुकै दिन पनि काठमाडौं शहर उत्तिकै झिलिमिली देखिन्छ । झिलिमिली शहर तिहारको बेलाको काठमाडौंको पहिचान नै बनेको छ ।
तिहारका दिनहरुमा काठमाडौंका विभिन्न स्थानबाट ड्रोनमार्फत खिचिएका तस्वीरहरु हेर्नुहोस् :








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
प्रतिक्रिया 4