+
+

टी-२० सिरिजमा नेपालको दोस्रो हार, हङकङ ९ विकेटले विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ३० गते १४:१४

३० कात्तिक, काठमाडौं । चार देश सम्मिलित टी–२० सिरिजमा नेपालले दोस्रो हार व्यहोरेको छ । बिहीबार भएको खेलमा नेपाल, हङकङसँग ९ विकेटले पराजित भएको हो ।

लगातार दोस्रो जित हात पार्ने क्रममा घरेलु टोली हङकङले नेपालले दिएको ५७ रनको लक्ष्य मात्र ९ ओभरमा १ विकेट गुमाएर भेट्टायो । उसका लागि नताशा माइल्सले अविजित ३० रन बनाइन् भने शान्जीन शहजादले अविजित २० रन जोडिन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले १८ ओभरमा ५६ रन जोड्दा सबै विकेट गुमाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले २५ रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

दोस्रो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । हङकङ र तान्जानिया भने एक खेल अगाडि नै फाइनलमा पुगेका छन् ।

नेपालले समूह चरणको अन्तिम खेल जापानसँग खेल्नेछ । त्यस्तै तेस्रो स्थानका लागि पनि जापानसँग अर्को खेल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?