+
+

‘दिमाग खराब’लाई ‘टाइगर ३’ कै हाराहारीमा शो, दोस्रो शुक्रबारको अकुपेन्सी ‘सन्तोषजनक’

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १ गते १२:५२

काठमाडौं । चलचित्र संघसँगको सहमतिपछि फिल्म ‘दिमाग खराब’ले दोस्रो शुक्रबार बलिउड फिल्म ‘टाइगर ३’ को हाराहारीमै शो प्राप्त गरेको छ । प्राप्त शोमा पनि फिल्मको अकुपेन्सी सन्तोषजनक छ ।

वितरक गोविन्द शाहीले बिहीबार प्रदर्शक संस्थासँग भएको सहमतिअनुसार शो प्राप्त भएको बताए । ‘पहिलो साता ६ थियो भने दोस्रो साता ८ अनुपातमा शो पाएका छौं,’ शाहीले अनलाइनखबरसँग भने, ‘कतिपय हलमा फिल्मको शो टाइगरको भन्दा बढी छ ।’

शो अनुसारकै अकुपेन्सी रहेको भन्दै उनले सन्तुष्टि व्यक्त गरे । ‘ठूलो हिन्दी फिल्मसँग प्रतिस्पर्धा गरेर यत्तिको शो पाउनु खुसीको कुरा हो । कम बजेटको फिल्मले ठूलो बजेटका फिल्मसँग प्रतिस्पर्धा गर्नुलाई हामीले गर्व गर्नुपर्छ,’ शाहीले भने ।

‘वर्ड अफ माउथ’ सकारात्मक भएको र आइतबारसम्मै सार्वजनिक बिदा भएकाले दोस्रो सप्ताहन्त पनि ‘दिमाग खराब’को लागि लाभदायक हुने देखिएको छ । शुक्रबार ओपनिङ न्यून देखिए पनि पहिलो साताको शनिबारदेखि अकुपेन्सी उकालो लागेको थियो ।

अकुपेन्सीअनुसार फिल्मले शो नपाएको भन्दै निर्माताले फिल्म नै उतार्ने चेतावनी दिएका थिए । तर बिहीबार चलचित्र संघसँगको सहमतिअनुसार प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको छ । तर फिल्म चलुञ्जेल ५० प्रतिशत सेयर पाउनुपर्छ भन्ने निर्माताको माग पूरा भएको छैन ।

यसका लागि पुनः मंगलबार छलफल गर्ने तयारी छ । मंगलबारसम्म फिल्मको अकुपेन्सी कस्तो हुनेछ भन्ने कुराले पनि दोस्रो चरणको छलफललाई निर्देशित गर्न सक्छ । निश्चल बस्नेत निर्देशित दिमाग खराबमा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा र स्वस्तिमा खड्काको शीर्ष भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?