+
+
Shares

इटहरी र विराटनगरमा ‘हुन्डाई क्रेटा ईभी’ सार्वजनिक

भरपर्दो सेवा, गुणस्तरीय गाडी र देशभरि फैलिएको राम्रो नेटवर्कका कारण हुन्डाई नेपाली ग्राहकबीच अत्यन्त लोकप्रिय ब्रान्ड बनिसकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १२:२५

काठमाडौं । नेपालमा हुन्डाई गाडीको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले इटहरी र विराटनगरमा ‘क्रेटा ईभी’ सार्वजनिक तथा अन्तर्क्रिया कार्यक्रम सफलतासाथ आयोजना गरेको छ ।

भरपर्दो सेवा, गुणस्तरीय गाडी र देशभरि फैलिएको राम्रो नेटवर्कका कारण हुन्डाई नेपाली ग्राहकबीच अत्यन्त लोकप्रिय ब्रान्ड बनिसकेको छ ।

कम्पनीको अनुसार नयाँ क्रेटा ईभी (इलेक्ट्रिक भेहिकल) को सुरुवातले ग्राहकलाई विद्युतीय गाडी लिने वा नलिने भन्ने दुविधाबाट बाहिर ल्याउन ठूलो सहयोग गरेको छ ।

धेरै मानिसलाई ईभी लिँदा स्पेयर पार्ट्स पाइन्छ कि पाइँदैन, सेवा शुल्क कति महँगो हुने र लामो समयसम्म ब्रान्डको सपोर्ट रहन्छ कि रहँदैन भन्ने चिन्ता हुन्छ । तर हुन्डाईले नेपालमा क्रेटा आइसको निर्माण सुरु गरिसकेको र यसको पेट्रोल गाडी र ईभी दुवै मोडेलमा एउटै प्लेटफर्मको प्रयोग भएकोले अब यस्तो चिन्ता गर्नु नपर्ने कम्पनीको भनाइ छ ।

हुन्डाईका ग्राहकले ईभी होस् वा पेट्रोल गाडी, सेवा, पार्ट्स र सपोर्ट समान रूपमा पाउने कम्पनीले जनाएको छ ।

यही सन्देश देशभरि फैलाउन हुन्डाईको उच्च व्यवस्थापन टोली देशभरिका डिलरहरूमा आफैं पुगिरहेको छ । यसै अभियान अन्तर्गत कम्पनीले २६ वैशाखमा इटहरी र विराटनगरको हुन्डाई नेपाल ईस्टर्न प्रालि (हुन्डाईको आधिकारिक डिलर) मा विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

यस कार्यक्रममा हुन्डाईका नयाँ गाडीहरू, विशेष गरी क्रेटा ईभी सार्वजनिक गरिएको छ । यसका साथै त्यहाँ उपस्थित व्यक्तिहरूले हुन्डाईको टिमसँग प्रत्यक्ष कुराकानी गर्दै गाडीसम्बन्धी जानकारी र आवश्यक सहयोग प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?