+
+

टिकटक बन्दबारे रेखाको कटाक्ष : यति सानो एप बन्द हुँदा रुवाबासी गर्नेले देश बनाउने रे !

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १ गते १६:३२

काठमाडौं । नेपालमा टिकटक बन्द भएपछि यतिबेला देशव्यापी मिश्रित प्रतिक्रिया छ । प्रयोगकर्ता र दलका प्रायः नेता टिकटक बन्दको विरोधमा उत्रिएका छन् । कतिपयले बन्द गर्ने निर्णयप्रति समर्थन जनाएका छन् ।

टिकटक बन्द गर्ने सरकारको निर्णयको विरोधमा शुक्रबार मात्रै सर्वोच्च अदालतमा आठवटा रिट दायर भएका छन् । अदालतले सोमबारलाई प्रारम्भिक सुनुवाइको मिति तय गरेको छ । यस्तोमा सेलिब्रिटीले टिकटक बन्दबारे आफ्ना धारणा राखिरहेका छन् ।

अभिनेत्री रेखा थापा समसामयिक मुद्दामा धारणा राख्ने अभिनेत्रीमध्ये पर्छिन् । राप्रपाकी नेतृसमेत रहेकी रेखाले टिकटक बन्दबारे प्रतिक्रिया दिएकी छिन् । उनले एक्स (पहिलेको ट्वीटर)मा यसबारे धारणा राख्दै लेखेकी छन्, ‘यति सानो एउटा एप बन्द हुँदा यस्तो रुवाबासी गर्ने केही नेता र केही सो–कल्ड इन्टलेक्चुअल (कथित बौद्धिक)ले देश बनाउने रे ।’

रेखाको यो टिप्पणीमा विभिन्न कमेन्ट छन् । रेखाको यो अभिव्यक्ति कतातिर लक्षित हो बुझ्न कठिन छैन । रास्वपा, एमाले, कांग्रेस लगायतका दलका नेताले टिकटकमा रोक लगाउने निर्णयको विरोध गरिरहेका छन् ।

कामको कुरा गर्दा रेखाले निर्माण तथा अभिनय गरेको फिल्म ‘उपहार’ प्रदर्शनको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?