+
+

गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठपूजा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३ गते १७:१२

३ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट र कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर पूजा आराधना गरेका छन् ।

प्रथम महिला सविता पौडेलसँगै पूजास्थल पुगेका राष्ट्रपतिले अस्ताउँदो सूर्यलाई अर्घदान गरे ।

राष्ट्रपति पौडेलले सुरुमा पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेका थिए । त्‍यसपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर पूजा आराधना गरे ।

राष्ट्रपति पौडेल गुह्येश्वरीमा पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति विकास कोषका पदाधिकारी ,आशामान संगत, छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

यस्तै कमलपोखरीको पूजास्थलमा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापा, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, महानगरका वडाअध्यक्षहरु, छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?