+
+

विद्यार्थी बोकेको बस इलाममा सडकबाट ३०० मिटर तल खस्यो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३ गते १८:३३

३ मंसिर, विराटनगर । शैक्षिक भ्रमणको शिलशिलामा इलामको कन्याम पुगेर फर्कदै गरेको बस दुर्घटनामा परेको छ ।

धनुषाको जनकपुरबाट विद्यार्थी बोकेर इलामको कन्याम पुगेको आइतबार बेलुका कन्यामबाट फर्कने क्रममा रोङ गाउँपालिका– ३ कोल्बुङमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक  बासुदेव खतिवडाका अनुसार ना ६ ख ८४२४ नम्बरको बस मेची राजमार्गबाट करिब तीन सय मिटर तल झरेको थियो ।

बेलुका साढे ५ बजे दुर्घटनामा परेको बसमाा ३७ जना सवार रहेको उनले बताए । बसमा सवार मध्ये ३६ जनाको उद्दार गरी उपचारका लागि विर्तामोड पठाइएको छ ।

बसमा च्यापिएका थप एक जनाको उद्धार गर्ने प्रयास भइरहेको उनले बताए । ‘बसमा सवार ३६ जनाको उद्दार गरी उपचारका लागि पठाएका छौं,’ उनले भने,‘ केही सामान्य र केही गम्भीर घाइते छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?