+
+

स्तब्ध ‘टिम इण्डिया’लाई बलिउडको सान्त्वना, शाहरुख भन्छन्- यो एक खेल हो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ४ गते १३:४३

काठमाडौं । तीन ‘सी’ अर्थात् क्रिकेट, सिनेमा र क्राइम । भारतीय मिडियामा यी कन्टेन्ट सबैभन्दा धेरै बिक्छ भनिन्छ । सोमबार सम्पन्न पुरुष विश्वकप क्रिकेटको फाइनल क्रिकेट र सिनेमाको संयोजन जस्तै रह्यो ।

फाइनल हेर्न सेलिब्रिटीहरु गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा उपस्थित थिए । शाहरुख खानसहितका कलाकार परिवारसहित रंगशालामा थिए । प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाली उपप्रधानमन्त्रीले दर्शकमाझबाटै खेल हेरे ।

क्रिकेटर पत्नी समेत रहेकी अभिनेत्री अनुष्का शर्मा र आथिती शेट्टी निकै भावुक देखिए । यस्तै कलाकारहरु रणवीर सिंह, दीपिका पादुकोण, आशा भोस्ले, दागुबत्ती ब्यांकटेश, आयुष्मान खुराना र विवेक ओबराय पनि थिए ।

तर अष्ट्रेलियासँग ६ विकेटको पराजयपछि बलिउड स्तब्ध बनेको छ । फिल्मको कथावस्तुमा राष्ट्रवादलाई केन्द्रमा राख्ने बलिउड क्रिकेट विश्वकपको फाइनलमा एकाकार हुनु स्वभाविक नै हो । विश्वकप क्रिकेट हारेपछि फिल्म अर्थात् बलिउडले टिम इण्डियालाई सान्त्वना दिएको छ ।

भारतको पराजयपछि सामाजिक सञ्जाल एक्समार्फत शाहरुख खानले टिम इण्डियालाई राम्रो प्रयास गरेको भन्दै धन्यवाद दिएका छन् । ‘भारतीय टोलीले यो पूरै खेल जसरी खेल्यो, त्यो सम्मानको कुरा हो । उनीहरूले ठूलो भावना र दृढता देखाए । यो एक खेल हो र त्यहाँ एक वा दुई दिन खराब हुन्छन् । दुर्भाग्यवश यो आज भयो । तर क्रिकेटमा हाम्रो खेलकुद विरासतलाई गर्व गर्ने बनाइदिएकोमा टिम इण्डियालाई धन्यवाद । तपाईंले सम्पूर्ण भारतमा धेरै खुसी ल्याउनुभयो । माया र सम्मान । तपाईंले हामीलाई एक गौरवशाली राष्ट्र बनाउनुहुन्छ ।’

शाहरुखसहित काजोल, अमिताभ बच्चनले पनि टिम इण्डियालाई सान्त्वना दिइरहेका छन् । अभिनेत्री काजोलले हारेर पनि जित्नेलाई बाजीगर भनिन्छ भन्दै सान्त्वना दिएकी छन् । अनुष्काले क्रिकेटर पति विराट कोहलीलाई अँगालो हाल्दै रोएको भिडियो र तस्वीर भाइरल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?