+

विश्वकप छनोट नेपाल : १० तथ्यांक

२०८० मंसिर  ५ गते ८:१३ २०८० मंसिर ५ गते ८:१३
विश्वकप छनोट नेपाल : १० तथ्यांक

५ मंसिर, काठमाडौं । नेपालले एसियाली विश्वकप छनोटको दोस्रो चरणमा मंगलबार यमनको सामना गर्दैछ ।

छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ र यस समूहमा रहेका अन्य दुई टिम हुन्, यूएई र बहराइन ।

नेपाल आफ्नो पहिलो खेलमा यूएईसँग ४-० ले पराजित भएको थियो । यमनले भने बहराइनविरुद्धको आफ्नो पहिलो खेल २-० ले गुमाएको थियो । यमनविरुद्धको खेल अगाडि विश्वकप छनोटमा नेपालको प्रदर्शनका १० प्रमुख तथ्यांक यस्ता छन् –

१. नेपालले विश्वकप छनोटमा यमनको सामना गर्न लागेको यो पहिलो पल्ट हो । नेपालले यसअघि अन्य अवसरमा यमनको चार पल्ट सामना गरेको छ । त्यसमध्ये तीन खेल एसियाकप छनोटको रहेको छ भने एक खेल मैत्रीपूर्ण अन्तर्राष्ट्रिय रहेको छ ।

२. नेपालले यसपल्टको विश्वकप छनोट दोस्रो चरणको आफ्नो दोस्रो खेलमा यमनको सामना गर्न लागेको हो । यो दोस्रो चरणमा नेपालको पहिलो ‘होम म्याच’ रहेको छ ।

३. यमनविरुद्धको खेल दशरथ रंगशालामा बेलुका सात बजे हुनेछ । नेपालले दशरथ रंगशालामा सबैभन्दा ढिला खेल्न लागेको यो नै पहिलो पटक हो । यसअघि एएफसी प्रेसिडेन्ट्सकपमा थ्री स्टारले दशरथ रंगशालामा सात बजे खेलेको थियो ।

४. नेपालले विश्वकप छनोटको ‘होम म्याच’ का रूपमा खेल्न लागेको यो नवौं खेल मात्र हुनेछ ।

५. नेपालले अहिलेसम्म विश्वकप छनोटमा ४१ खेल खेलेको छ । यमनविरुद्धको खेल विश्वकप छनोटमा नेपालको ४२ औं खेल हुनेछ । त्यस मध्ये नेपालले विदेशमा ३३ खेल खेलेको छ ।

६. नेपालले विश्वकप छनोटको ‘होम म्याच’ का रूपमा दशरथ रंगशालामा अहिलेसम्म खेलेका आठ खेलमध्ये दुई खेलमा विजयी भएको छ भने चार खेल बराबरीमा टुंगेको छ । यस्तै दुई खेलमा भने पराजित रहेको छ ।

७. पछिल्लो विश्वकप छनोटमा नेपालले कुवेतविरुद्धको एक खेल भने ‘होम म्याच’ का रूपमा भुटानको थिम्पुमा खेलेको थियो ।

८. दशरथ रंगशालामा भएको विश्वकप छनोटका खेलमा नेपालले नौ गोल गरेको छ भने सात गोल खाएको छ ।

९. नेपालका लागि विश्वकप छनोटको दशरथ रंगशालामा भएको खेलमा गोल गर्नेमा अनिल गुरुङ, जुमनु राई, भोला सिलवाल, जगजित श्रेष्ठ, सुजल श्रेष्ठ, भरत खवास र अञ्जन विष्ट रहेको छन् । त्यसमध्ये अनिल र जुमनुले दुई/दुई गोल गरेका छन् ।

१०. नेपाल विश्वकप छनोटको दशरथ रंगशालामा भएका पछिल्ला पाँच खेलमा अपराजित रहेको छ ।

फिफा विश्वकप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय