+
+

बारामा मेलाका विषयमा विवाद हुँदा झडप, २ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ५ गते १५:१२

५ मंसिर, बारा । बाराको पचरौतामा मेला आयोजनाको विषयमा विवाद भएर दुई पक्षबीच झडप हुँदा प्रहरीले हवाइफायर गरेको छ ।

पचरौता नगरपालिका-७ बेनौलीमा झण्डा मेला गर्ने विषयमा सोमबार राति भएको छलफलमा दुई पक्षबीच विवाद सुरु भई ढुंगा हानाहान भएको थियो । अवस्था सामान्य बनाउन आठ राउन्ड हवाई फायर गरेको बाराका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

मेला गर्ने विषयमा सयौंको संख्यामा उपस्थित स्थानीयबीच ब्रह्माको मूर्ति पूजनको विषयमा विवाद भएको थियो । विवादले उग्र रुप लिँदा स्थिति तनावग्रस्त बनेको थियो । नगरपालिकाले तोकेको स्थानमा मूर्ति पूजा गर्न एउटा पक्षले नमानेपछि झडप भएको स्थानीयले बताएका छन् ।

राति करिब ११ बजे दुई पक्ष ढुंगा हानाहानमा उत्रिएका थिए । झडपमा परी स्थानीय लक्ष्मी पटेल र चण्डीका पटेल घाइते भएका र उनीहरुको कलैया प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?