+
+

घरेलु क्रिकेटका अलराउन्डर सोनु तामाङले लिए क्रिकेटबाट सन्यास

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते १२:५५

६ मंसिर, काठमाडौं । त्रिभुवन आर्मी क्लबका अलराउन्डर सोनु तामाङले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

यस वर्षको पहिलो राष्ट्रिय प्रतियोगिताको रुपमा रहेको केपी ओली कप २०८० सुरु हुनु अघि उनले आफूले क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

२०१५ मा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समेत अटाएका सोनुले भारतमा रहेर त्यहाँका घरेलु प्रतियोगिताबाट क्रिकेट करिअर सुरु गरेका उनले नेपालका घरेलु प्रतियोगिता पनि खेलेका छन् ।

उनले २६ वर्ष लामो क्रिकेट यात्रालाई विश्राम दिन लागेका हुन् । ३९ वर्षका सोनु प्रतियोगितामा टिमको रोजाइमा परे पनि प्राय उनी वैकल्पकि खेलाडीको रुपमा बेन्चमा सिमित हुन पुग्थे ।सोनुले आगामी दिनमा क्रिकेट प्रशिक्षणमा लाग्ने बताएका छन् ।

उनले क्रिकेटमा लाग्न प्रेरित गर्ने सबैलाई धन्यवाद दिँदै अब अर्को सुरुवातको रुपमा प्रशिक्षणमा पुन क्रिकेटमा फर्किने अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?