+
+

उपत्यका ट्राफिक प्रहरी प्रमुख भन्छन्- भोलि अत्यावश्यक अवस्थामा मात्रै सवारीसाधन कुदाउनू होला

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते १७:३८

६ मंसिर, काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डीआईजी पोषराज पोखरेलले बिहीबार अत्यावश्यक अवस्था मात्र सवारीसाधन लिएर निस्किन अनुरोध गरेका छन् ।

नेकपा एमालेको भातृ संगठन युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समूहले ७ मंसिर (बिहीबार) एउटै समयमा शक्ति प्रदर्शन गर्ने घोषणा गरेकाले उपत्यकाको सवारी आवागमनमा असहजता सिर्जना हुने भन्दै उनले अत्यावश्यक अवस्थामा मात्रै सवारीसाधन लिएर निस्किन भनेका छन् ।

‘५ सय, हजार जना एकैपटक सडकमा निस्किँदा बाटो पूरै जाम हुन्छ, डाइभर्सन गर्नुपर्ने हुन्छ’, पोखरेलले अनलाइनखबरसँग भने, ‘दुई पक्षले ठाउँ ठाउँमा भेला, जम्मा भएर कार्यक्रम स्थलतर्फ जाने भनेको हुँदा नागरिकलाई सहज होस् भनेर अत्यावश्यक अवस्थामा मात्र निस्किन अनुरोध गरेका हौं ।’

सडकमा निस्किँदा समस्या नहोस् भनेर निकिस्नुपूर्व १०० वा १०३ मा फोन गरेर जानकारी लिन समेत सकिने उनले बताए ।

‘ट्राफिक एफएम ९५.५ मा पनि भोलिलाई लक्षित गरेर १०, १० मिनेटमा अपडेट दिने गरी तयारी गरेका छौं’, उनले भने, ‘आवश्यकता अनुसार ट्राफिक प्रहरीले सवारीसाधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्नसक्ने भएकाले ट्राफिक प्रहरीलाई सहयोग गरिदिनु होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?