+
+

छोटो तयारीबीच पनि एनएसएलका लागि उत्साहित प्रशिक्षक र खेलाडी

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० मंसिर ६ गते २०:०८

६ मंसिर, काठमाडौं । फ्रेन्चाइज  फुटबल नेपाल सुपर लिग एनएसएलको दोस्रो संस्करण आउने शुक्रबारदेखि काठमाडौंमा हुँदैछ ।

घरेलु फुटबलको मुख्य प्रतियोगिता शहीद स्मारक लिग नियमित नहुनु, राष्ट्रिय टिमका खेलाडीहरु विदेश पलायन हुनु अनी फुटबल टिमको खराब प्रदर्शनको बेला हुन लागेको एनएसएलबाट सहभागी टोली र खेलाडीहरु उत्साहित बनेका छन् ।

नेपाली राष्ट्रिय टिम विश्वकप छनोटको खेलमा व्यस्त रहेकोले एनएसएलका टिमहरुले यसअघि पूरा टिमसँग प्रशिक्षण गर्न पाएका छैनन् । तैपनि एनएसएल हुने खबरले खेलाडीहरु निकै उत्सहित रहेको राष्ट्रिय टिम तथा झापा एफसीका फरवार्ड अन्जन विष्टले बताए ।

‘हामी राष्ट्रिय टिममा हुँदा राष्ट्रिय टिममै ध्यान केन्द्रित गरेका थियौं । म एनएसएल हुन गइरहेकोले एमदमै खुशी छु । यसअघि खेलको थकाई भन्दा पनि धेरै उत्साहित छु । थकाई विगत भइसक्यो । अब नयाँ च्याम्पटर सुरु भाछ र त्यमसा उत्साहि छु’, बुधबार आयोजित प्रि म्याच कन्फ्रेन्समा अन्जनले भने ।

मंगलबार फिफा विश्वकप छनोट अन्तर्गत यमनसँग खेलेपछि राष्ट्रिय टिमका खेलाडीहरु आज बुधबार मात्रै एनएसएलको टिमसँग जोडिएका छन् । केही टोलीले आजै पूर्ण टिम भएर प्रशिक्षण गर्न सुरु गरे भने केहीले अझै पूरा टिम प्रशिक्षण गर्न पाएका छैनन् ।

राष्ट्रिय टिममा रहेका खेलाडी बाहेक अन्य खेलाडीसहित टोलीहरुले प्रशिक्षण गर्दै आएका थिए ।

‘तयारीको कुरा गर्दा ३ हप्तादेखि तयारी गरिराखेका छौं । चाडवाडले गर्दा र राष्ट्रिय टिमको खेलले गर्दा नेपालको आर्थिक मन्दीले गर्दा पनि असर पर्‍यो । यस्तो अवसथ्मा फुटबल भइरहेको छ पक्कै पनि फुटबल आयोजना गर्ने क्लब चलाउनेलाई पनि गाह्रै होला । अहिले खर्च ज्यादा र आम्दानी कम भएको अवस्था छ’, स्पोर्टिङ इलाम डे मेचीका प्रशिक्षक मेघराज केसीले भने ।

पहिलो सिजनमा एफसी चितवनलाई प्रशिक्षण गरेका मेघराज यस सिजन नयाँ टोली इलाममा छन् ।

छोटो तयारीले गर्दा केही समस्या भए पनि विदेशी खेलाडीको संख्यामा वृद्धि हुनुले पनि टिमहरु उत्सहित छन् ।

काठमाडौं रेजर्सलाई पहिलो संस्करणमै च्याम्पियन बनाएका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले यस पटक पनि टिम राम्रो बनेको र विदेशी खेलाडीको प्रदर्शन निर्णायक हुने बताउँछन् ।

‘हामीले पहिलो संस्करण जितेर रेजर्सको टिममा एउटा स्टार राख्यौँ । अब फेरि जितेर त्यसमा स्टार थप्ने लक्ष्य छ । टिममा मार्की प्लेअर विदेशी खेलाडी सबै खेलाडी लिएर म सन्तुष्ट छु,’ महर्जनले भने, ‘यस पटक राम्रो के छ भने हरेक टिममा कम्तिमा पनि ५ विदेशी खेलाडी छन् । जसले अझ राम्रो खेल प्रदर्शन गर्न सकिन्छ । विदेशी खेलाडीको प्रदर्शनले नै निर्णायक हुन सक्छ जस्तो लाग्छ । ‘

गत सिजन स्थानीय खेलाडी र विदेशी खेलाडी सहित टिम म्यानेजमेन्ट, टिमका मालिक र सबैको मिहिनेतले जितेको र यस यस पटक पनि पनि सबैको समर्थनको आशा रहेको उनले बताए ।

यस पटक तीन टोलीमा विदेशी प्रशिक्षक आएका छन् । ललितपुर सिटीमा अष्ट्रेलियाका इयान आन्द्रे गिलियन, झापा एफसीमा स्पेनका ओरियल मोहेडानो र एफसी चितवनका भारतका मेहराजुद्दिन वाडु मुख्य प्रशिक्षक छन् ।

उनीहरु पनि एनएसएललाई लिएर उत्साहित छन् । उनीहरुले एनएसएलमार्फत नेपालका युवा क्षमतावान खेलाडीहरुलाई सहयोग पुग्ने बताए ।

‘एनएसएल हुनु नेपाली फुटबलको लागि राम्रो हो र हामीले युवा खेलाडीको लागि बाटो बनाउनुपर्छ र फुटबललाई सकरात्मक रुपमा अघि बढाउनुपर्छ’, ललितपुरका प्रशिक्षक इयानले भने ।

चितवनका प्रशिक्षक मेहराजुद्दिनले नयाँ देशमा आउँदा चुनौती हुने र सिजन राम्रो हुने आशा व्यक्त गरे । उनले भने, ‘पहिलो पटक नेपालमा आएको छु । कोचको रुपमा मेरो लागि राम्रो चुनौती छ । तयारी राम्रो छ । अहिलेसम्म हामीले तीन हप्ता टिमसँगै तयारी गर्‍यौं । आशा छ राम्रो सिजन हुनेछ ।’

उनले एनएसएल भारतको आईएसल जस्तै स्वरुपमा भए पनि यसमा धेरै परक रहेको र आईएसएलले भारतीय पुटबललाई धेरै फाइदा पुर्‍याएको बताए ।

‘आईएसएल भएपछि भारती पुटबलमा पछिल्लो वर्षहरुमा धेरै राम्रो भएको छ । भारत र यहाँको फुटबलमा धेरै फरक छ । आईएसएलको क्वालिटी राम्रो भएको छ र राष्ट्रिय टिमले पनि राम्रो गरिराखेको छ’, उनले भने, ‘नेपाल सुपर लिगमा पनि स्थानीय खेलाडीको क्षमतालाई देखाउने अवसर छ । विदेशबाट आउने कोचहरुले घरेलु खेलाडीको क्षमतालाई सुधार गर्ने काम गर्ने हो र म पनि त्यही गर्नेछु ।’

झापा एफसीका स्पेनिस प्रशिक्षक ओरिएल मेहेडानोले  स्पानिस फुटबलको केही डीएनए झापामा देखिन सक्ने बताए ।

दर्शकलाई भरपूर मनोरञ्जन

यसअघि २०७८ वैशाखमा पहिलो संस्करणको एनएसएल आयोजना भएको थियो । जसबाट नेपाली फुटबलमा केही फरक प्रयोग समेत भएको थियो । यद्यपि कोभिड-१९ को महामारीका बेला भएको लिगमा दर्शकको उपस्थिति थिएन । उनीहरुले घरमै बसेर हेर्नुपरेको थियो ।

यस पटक दर्शकको अगाडि नै खेल्न पाउने भएकोले पनि खेलाडीहरु उत्साहित छन् ।

‘पहिलो पटक कोभिडले गर्दा दर्शक बिना भएको थियो । नेपाली फुटबलमा एनएसएल भइरह्यो भने त्यो सकरात्मक हुनेछ’, पोखरा थण्डर्सका प्रशिक्षक नविन न्यौपानेले भने, ‘राम्रो गेम भइरह्यो भने नेपालमा क्षमतावान खेलाडीहरु छन् राम्रो हुन्छ । लिग एनएसएल र मोफसलको गेम राम्रोसँग गर्न सके हामी पनि राम्रो ठाउँमा पुग्न सक्छौँ ।’

उनले भने जस्तै यस पटक दर्शक पनि रंगशालमामै गएर एनएसएल हेर्न उत्साहित छन् ।

एनएसएलका निर्देशक श्रेयांस  कार्कीले पनि यस पटक एनएसएलमा केही नयाँ प्रयोग हुने बताए । बुधबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक कार्कीले लिग सुरु हुनु अघि सबै तयारी पूरा भएको बताए ।

‘अब हामी दुई दिन टाढा छौँ एनएसएलबाट, सबै तयारी भइसकेको छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘विदेशी खेलाडीहरु आइसकेका छन् । केही विग नेम छन् । विदेशी कोच छन् । आइकोनिक क्याटेगोरी छन् । त्यमसा पलायन भइसकेका खेलाडीहरु पनि फर्किएका छन् ।’

उनले दर्शकको लागि मनोरञ्जनको व्यवस्था समेत गरिने बताए । ‘ओपनिङ सेरेमोनीमा सुशान्त केसी, ट्वीनी गर्ल्स र वाङ्गदेन शेर्पा आउनेछन् । यस्तै डिजे र चियरलिडरको पनि व्यवस्था गर्ने छौं । मैदानमा एलईडी विज्ञापन बोर्ड हुनेछ । हामी फुड कोर्टहरु पनि राख्ने तयारी गरिरहेका छौं । अरु पनि केही सरप्राइजहरु छन्,’ उनले भने ।

चेल्सीका लेजेण्ड फुटबलर डिडियर ड्रोग्बा पनि एनएसएलका बेला काठमाडौं आउने भएकाले धेरै समर्थक उत्साहित रहेको कार्कीले बताए । पारिवारिक कारणले ड्रोग्बाको नेपाल आउने मिति तय नभए पनि उनी प्रतियोगिताकै बीचमा नेपाल आउने कार्कीले जानकारी दिए ।

दोस्रो संस्करणमा कूल ९ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा थपिएका तीन नयाँ टोली झापा एफसी, स्पोर्टिङ इलाम डे मेची र वीरगंज युनाइटेड छन् । यस्तै पहिलो संस्करण खेलेका विराटनगर सिटी एफसी भने यस पटक सहभागी छैन ।

अन्य टोलीमा साविक विजेता काठमाडौं रेजर्स, साविक उपविजेता धनगढी एफसी सहित ललितपुर सिटी एफसी, पोखरा थण्डर्स, एफसी चितवन र बुटवल लुम्बिनी एफसी छन् ।

एक महिनासम्म चल्ने प्रतियोगिताका खेल हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने छ । टिकेटिङ पार्टनरका रुपमा आईएमई पे छ ।

लिगका सबै  खेलहरु दशरथ रंगशालामा हुने छन् । सबै टिमले एक अर्काविरुद्ध खेलेपछि शीर्ष दुई टिमले क्वालिफायर र तेस्रो र चौथो टिमले इलिमिनेटर खेल्ने छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?