+
+

आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने आयोगको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ७ गते १९:३१

७ मंसिर, काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने गरी मिति प्रस्ताव गरेको छ ।

बिहीबार आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका थिए । त्यसक्रममा आयोगले माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने प्रस्ताव गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी माघ ११ गते निर्वाचन गर्र्ने गरी मिति तोक्न सरकारलाई परामर्श दिएको जानकारी दिए ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्य (२० जना)को पदावधि सकिँदैछ । त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?