+
+

हमास–इजरायल युद्धविरामको सरकारद्वारा स्वागत, विपिन जोशीको रिहाइको अपिल

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ७ गते १८:३१

७ मंसिर, काठमाडौं । सरकारले पश्चिम एसियाको गाजामा युद्धविराम गर्न भएको सहमतिको स्वागत गरेको छ ।

मानवीय सहायता सामग्रीको आपूर्ति तथा बन्दीहरूको रिहाइका लागि गरिएको उक्त सहमतिको परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै स्वागत गरेको हो ।

कतार अधिराज्य, संयुक्त राज्य अमेरिका र अरब गणतन्त्र इजिप्टको कूटनीतिक प्रयासमा भएको उक्त सहमतिको नेपालले सराहना गरेको छ ।

यस्तै सरकारले नेपाली नागरिक विपिन जोशीको तत्काल रिहाइका लागि सम्बद्ध पक्षसँग आह्वान समेत गरेको छ ।

बुधबार इजरायल र हमासबीच युद्धविरामको सहमति भएको थियो ।

यसअघि इजरालयी रक्षा बल (आईडीएफ) ले पनि हमासले एक नेपाली र एक थाई नागरिकलाई बन्धक बनाएको भन्दै एउटा भिडियो सार्वजनिक गरेको थियो । गत २० असोज अर्थात, ७ अक्टोबरमा इजरायली भूमिबाट विपिन हमास समूहको कब्जामा परेका थिए ।

इजरायलमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने ४ जना विद्यार्थी घाइते भएका थिए ।

हेर्नुहोस् परराष्ट्र मन्त्रालयको विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?