+
+

के चीनले चन्द्रमामा हतियार परीक्षण गरेको हो ?

एजेन्सी एजेन्सी
२०८० मंसिर ८ गते ८:४९

गत वर्ष एकसाथ चन्द्रमाको सतहमा दुई वटा नयाँ खाडल देखिए । ती खाडलहरु चिनियाँ रकेटको ठक्करबाट बनेका हुन् ।

Chang’e 5-T1  मिसनमा प्रयोग गरिएको रकेटको माथिल्लो हिस्सा चन्द्रमाको सतहमा ठक्कर खाँदा ती खाडल बनेको अनुमान गरिएको छ । तर, त्यसरी ठक्कर खाँदा एउटा मात्रै खाडल बन्नुपर्नेमा दुई वटा खाडल बने । त्यसैले चीनले उक्त रकेटमा कुनै अज्ञात हतियार परीक्षणका लागि चन्द्रमामा पठाएको र सोही हतियारको परीक्षणका क्रममा सतहमा खाडल बनेको अनुमानसमेत गरिएको छ ।

घटना गत वर्षको हो । अमेरिकाको एलआरओ अर्थात् लूनर रिकन्सेन्स अर्बिटरले चन्द्रमाको तस्वीर पठायो। त्यसमा दुईवटा नयाF खाडल एकसाथ देखिएका थिए । आमरुपमा चन्द्रमाको सतहमा जब कुनै वस्तु ठोक्किन्छ तब त्यसबाट एउटा मात्रै खाडल बन्दछ । त्यसलाई क्रेटर भनिन्छ । तर त्यहाँ दुई वटा खाडल एक अर्कामाथि अवस्थित रहेको पाइन्छ । यो एक दुर्लभ घटना हो ।

यस्तो दृश्यले वैज्ञानिकहरु अचम्ममा परे । किनकि त्यस्तो दुर्लभ खाडल चन्द्रमाको सतहमा पर्नुको रहस्य पत्ता लाग्न सकेको थिएन । साथै उक्त खाडलको आसपासमा रकेटका टुक्राहरुका कुनै प्रमाण पनि भेटिएनन् । आखिर रकेटको एउटा हिस्साको टकरावबाट कसरी दुई वटा खाडल बने ? न त नजिकै कुनै रकेटको सबुत छ, न त कुनै बुस्टर वा यन्त्रको हिस्सा नै देखिन्छ ।

गत वर्ष सन् २०२२ को मार्च ४ मा रकेट बुस्टर चन्द्रमाको अँध्यारो हिस्साको सतहमा ठोक्किएको थियो। एलआरओले सन् २०२२ को मे २५ मा उक्त तस्वीर खिचेको थियो । उक्त क्रेटर बनेको क्षेत्रमा समतल रहेको छ ।

चिनियाँ रकेटका कारण ती दुई खाडल बनेको बताइन्छ, जसमा कुनै अज्ञात हतियार राखिएको अनुमान छ । अथवा कुनै फरक खालको पे लोड पनि हुनसक्छ, जुन रकेटबाट छुटि्टएर नयाँ खाडल बनाएको हुनसक्छ ।

उत्रै आकारका दुई खाडल

अन्तरिक्ष वैज्ञानिक बिल ग्रे ले सबैभन्दा पहिले ती खाडल पत्ता लगाएका थिए । उनले नै सन् २०२२ को जनवरीमा रकेट बुस्टर चन्द्रमाको सतहमा ठोक्किने भविष्यवाणी गरेका थिए । बिल ग्रे का अनुसार रकेटको दिशा तथा दशाको गणितले यो बताउँछ कि यो ठाडो १५ डिग्रीको कोणमा गएर ठोक्किएको हुनसक्छ । सोही कारण यसबाट दुईवटा खाडल बन्ने सम्भावना देखिंदैन । तर त्यहाँ दुई वटा खाडल परेका छन् । पहिलो पूर्व दिशामा छ जसको ब्यास १८ मिटर छ । जबकि त्यसकोमुनि रहेको पश्चिमी खाडलको व्यास १६ मिटर छ ।

स्पेस एक्सको रकेट होइन

चिनियाँ अधिकारी तथा वैज्ञानिकहरुले भने चिनियाँ रकेटबाट ती खाडल परेको कुरा अस्वीकार गर्दछन् ।

सन् २०१४ मा चन्द्रमामा पुगेको Chang’e 5-T1 मिसनको रकेट सोही वर्ष वायुमण्डलमा आएर जलेको चीनको दाबी छ ।

यसअघि स्पेस एक्सको रकेटको माथिल्लो हिस्सा जुन चन्द्रमातर्फ गएको थियो सोही हिस्सा चन्द्र सतहमा ठोक्किँदा उक्त खाडल बनेको हुनसक्ने आशंका समेत गरिएको थियो । तर पछि स्पेस एक्सको रकेटबाट ती खाडल नपरेको पुष्टि भयो ।

चन्द्रमामा ठोक्किए ४७ रकेट

बिल ग्रे त अहिलेपनि आफ्नो कुरामा अडिग छन् । उनका अनुसार चन्द्रमामा एकैसाथ रहेका दुईवटा खाडल चिनियाँ रकेटमा राखेर पठाइएका कुनै हतियारका कारण बनेका हुन् ।

एरिजोना स्टेट विश्वविद्यालयका एक अध्ययन अनुसार नासाका कम्तिमा पनि ४७ वटा रकेट वा रकेटका टुक्राहरु हालसम्म चन्द्रमाको सतहमा ठोक्किइसकेका छन् । तर यी कुनै पनि घटनामा हालसम्म एकैसाथ दुईवटा खाडल बनेका छैनन् ।

ती दुई खाडल हेर्दा त लाग्छ कि चन्द्रमाको सतहमा कुनै डम्बबेल खसेको होस् जसका कारण समान आकारका दुई खाडल बने । तर रकेटमा डम्बबेल जस्तो कुनैपनि वस्तु हुँदैन । त्यहाँ जुन टक्कर भयो त्यसबेला ठोक्किने वस्तुको गति ९२९० किलोमिटर प्रतिघण्टा थियो ।

एरिजोना स्टेट युनिभर्सिटीको अध्ययनका प्रमुख शोधकर्ता टेनर क्याम्पबेलका अनुसार ती खाडललाई हेर्दा प्रष्ट हुन्छ कि त्यहाँ दुईवटा समान भार भएका वस्तु ठोक्किएका हुन् । एउटै वस्तुको ठक्करबाट दुईवटा खाडल र त्यो पनि समान आकारका बन्नु कठिन हुन्छ ।

टेनरका अनुसार चिनिया रकेटमा कस्तेा खालको पे लोड थियो भन्ने थाहा छैन । तर चीनले कुनै प्रकारको हतियारको परीक्षण चन्द्रमामा गरिरहेको हुनसक्ने उनको आशंका छ । तर चीनले यसको यथार्थ जानकारी दुनियाँलाई सायद कहिल्यै दिनेछैन, त्यसैले यसबारेमा संसारले कहिल्यै पनि थाहा नपाउन सक्छ । उनी भन्छन्, ‘तर चन्द्रमाको सतहमा रकेटसँगै गएको अर्को वस्तु पनि ठोक्किएको छ, जुन रकेटको माथिल्लो हिस्साको वजन बराबर थियो ।’

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?