+
+

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ८ गते १२:१५

८ मंसिर, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ ।

महासंघकाअनुसार आजका लागि सुनको मूल्य तोलामा एक लाख १६ हजार ३००, तेजावी सुनको मूल्य एक लाख १५ हजार ७५० रुपैयाँ तोकिएको छ ।

बिहीबार एक लाख १६ हजार ५०० रुपैयाँमा छापावाल सुन र एक लाख १५ हजार ९५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै, हिजो एक हजार ४४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर एक हजार ४५० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?