+
+

आगामी हप्ता डिलिट हुँदैछन् लाखौं जिमेल अकाउन्ट, यसरी जोगाउनुस् आफ्नो अकाउन्ट

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ९ गते १३:३०

तपाईंको एउटा गल्तीले आफ्नो वर्षौं पुरानो जिमेल अकाउन्ट डिलिट हुनसक्छ । गुगलले आगामी हप्ताबाट लाखौं यस्ता जिमेल अकाउन्ट डिलिट गर्दैछ जो लामो समयदेखि निस्क्रिय छन् ।

यसको सुरुआत यही डिसेम्बरदेखि हुन गइरहेको छ, यसका लागि गुगलले प्रयोगकर्ताहरुलाई अति जरुरी सन्देश पठाइसकेको छ ।

गुगलका अनुसार पछिल्लो २ वर्षदेखि निस्क्रिय रहेका जिमेल अकाउन्टहरु डिलिट गरिनेछ । त्यसैले नियमित रुपमा जिमेल, गुगल डक्स, क्यालेन्डर तथा गुगल फोटोज जस्ता एपहरुको प्रयोग गर्ने प्रयोगकर्ताहरुले गुगलको पछिल्लो कदमबाट चिन्तित हुनुपर्ने देखिन्न । साथै गुगलले पछिल्लो निर्णय केवल व्यक्तिगत गुगल अकाउन्टका लागि मात्रै हो । त्यसैले यसबाट कुनैपनि संस्था, विद्यालय तथा व्यवसायिक अकाउन्टहरु प्रभावित हुने छैनन् ।

दुई वर्षसम्म निस्क्रिय रहेका जिमेल अकाउन्ट हटाइदिने कदमका लागि गुगलले नयाँ नीति बनाएको छ । गुगलका अनुसार जो अकाउन्टहरु लामो समयदेखि प्रयोग भैरहेका हुँदैनन् त्यस्ता अकाउन्टमाथि साइबर हमलाको जोखिम उच्च हुन्छ ।

त्यसैले यदि तपाईंको जिमेल अकाउन्ट पनि दुई वर्षदेखि प्रयोग गर्नुभएको छैन र त्यो अकाउन्ट डिलिट नहोस् भन्ने चाहनुहुन्छ भने तत्कालै त्यसमा लगइन गर्नुहोस् ।
इदि तपाइँले लामो समयदेखि प्रयोग नगरिरहेको अकाउन्टको पासवर्ड भुल्नुभएकेा छ भनेपनि त्यसलाई रिसेट गर्न सक्नुहुन्छ । यसका अलावा सेक्योरिटी चेक गर्ने तथा टू फ्याक्टर अथेन्टिकेसन आदि फिचर पनि सक्रिय बनाउनु उपयुक्त हुन्छ ।
अकाउन्टहरुलाई डिलिट गर्नुअघि गुगलले प्रयोगकर्ताहरुलाई केही समययता लगातार सन्देश पठाइरहेको छ र अकाउन्ट रिकभरी गर्न भनिरहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?