+
+

अविनाशले गरे प्रेमिका प्रतिज्ञासँग इन्गेजमेन्ट

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते १३:५३

११ मंसिर , काठमाडौं । राष्ट्रिय टिमका तीव्र गतिका बलर अविनाश बोहोराले प्रेमिका प्रतिज्ञा खनालसँग इन्गेजमेन्ट गरेका छन् ।

केही समय अघिदेखि प्रेम सम्बन्धमा रहेका यी जोडीले नागार्जुन सितापाइलास्थित प्रतिज्ञाको निवासमा इन्गेजमेन्ट गरेका हुन् ।

अविनाश राष्ट्रिय टिममा टी–२० फर्म्याटका डेथ ओभर स्पेसलिस्टको रुपमा चर्चित बलर हुन् ।

उनले २०१९ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । घरेलुमा भने उनी एपीएफ क्लबबाट खेल्छन् । प्रतिज्ञा भने केही समयअघिदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?