+
+

बंगलादेशी कप्तान शकिब संसदीय चुनावमा उठ्ने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते १४:०९

११ मंसिर, काठमाडौं । बंगलादेशको क्रिकेट टिमका कप्तान शकिब अल हसन संसदीय चुनावमा उठ्ने भएका छन् । उनले सत्तारुढ अवामी लिगको तर्फबाट टिकट पाएका छन् ।

पुस २७ गते हुने संसदीय निर्वचानमा उनले आफ्नो गृह जिल्ला मगुरा–१ बाट उम्मेदवारी दिनेछन् ।

बंगलादेशका पूर्वकप्तान मशरफे मोर्तजाको बाटो पछ्याउँदै उनी पनि राजनीतिमा लागेका बंगलादेशी सञ्चार माध्यमले जनाएका छन् ।

मोर्तजा गत चुनावमा नराइल क्षेत्रबाट सांसद बनेका थिए । उनी यो पटक पनि पार्टीबाट टिकट पाएका छन् ।

मोर्तजा आफ्नो क्षेत्रका सामाजिक गतिविधिमा पहिल्यैदेखि सक्रिय रहे पनि शकिब भने यस्ता गतिविधिमा देखिने गरेका थिएनन् ।

शकिब विश्वकप क्रिकेटमा श्रीलंकासँगको खेलका क्रममा घाइते भएका थिए । उनी कहिले मैदानमा फर्कनेछन् भन्ने अझै स्पष्ट भइसकेको छैन ।

बंगलादेशले नोभेम्बर २८ देखि डिसेम्बर ३१ सम्म न्यूजिल्याण्डको भ्रमण गर्ने छ । चुनावमा उठ्ने भएपछि उनले न्यूजिल्याण्डको भ्रमण वा चुनाव प्रचार एक रोज्नु पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?