+
+

शुभमन गिल गुजरातको नयाँ कप्तान

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते १४:२८

११ मंसिर, काठमाडौं । युवा ब्याटर शुभमन गिल गुजरात टाइटन्सको नयाँ कप्तान बनेका छन् ।

इन्डियन प्रिमियर लिग आईपीएलको आगामी सिजनका लागि गुजरातले गिललाई कप्तान नियुक्त गरेको हो ।

यसअघिका कप्तान हार्दिक पाण्ड्या मुम्बई इन्डियन्समा ट्रेड भएपछि गुजरातले २४ वर्षीय गिललाई नयाँ कप्तान बनाएको हो ।

हार्दिकको कप्तानीमा गुजरातले २०२२ मा आईपीएलको उपाधि जितेको थियो भने २०२३ मा पनि फाइनल पुगेको थियो ।

सन् २०१८ मा कोलकता नाइट राइडर्सबाट आईपीएलमा डेब्यू गरेका गिल २०२१ मा कोलकताबाट रिलिज भएका थिए । त्यसपछि उनलाई नयाँ फ्रेन्चाइज गुजरातले लिएको थियो ।

गिलको लागि आईपीएलको आउने सिजन सिनियर क्रिकेटमा पहिलो कप्तानी हुनेछ ।

उनले कप्तान नियुक्त भएपछि खुशी व्यक्त गर्दै टिमले आफूलाई विश्वास गरेकोमा धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?