+
+

आयोजकलाई हराउँदै आर्मीको पहिलो जित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते १६:३१

११ मंसिर, काठमाडौं । आयोजक मदन भण्डारी स्पोर्टस क्लब निलोमाथि ११० रनको फराकिलो जित निकाल्दै त्रिभुवन आर्मी क्लबले केपी ओली कप टी–२० क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङ गरेको त्रिभुवन आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनाएको थियो ।

आर्मीले दिएको १९६ रनको बलियो लक्ष्य पछ्याएको मदन भण्डारी स्पोर्टस एकेडेमी निलो १५.४ ओभरमा ८५ रनमा अलआउट भयो ।

मदनभण्डारी स्पोर्टस एकेडेमीको लागि कप्तान निर्भिक पाठकले सर्वाधिक २८ रन बनाए । ओपनर रोनिम तिवारीले १५, रनवीर यादवले १६ तथा सेमन रोयले १० रन बनाए ।

अन्य कुनै ब्याटरलाई दोहोरो अंकमा रन बनाउन आर्मीका बलरले दिएनन् ।

आर्मीका लागि बायाँ हाते स्पिनर कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । जितेन्द्र मुखिया र साहब आलमले २/२ विकेट लिए । सोमपाल कामी विकेट विहीन बनेको खेलमा विवेक यादव र रोहित पौडेलले १/१ विकेट लिए ।

त्यसअघि, ब्याटिङ गरेको आर्मीका लागि ओपनर सन्तोष कार्कीले सार्वधिक ४१ रन बनाए । कप्तान विनोद भण्डारीले ३८, वसिर अहमदले २३, कुशल मल्ल २५, रोहित पौडेलले १२ रन बनाए । विवेक यादव २९ रनमा तथा भीम सार्की ६ रनमा अविजित रहे ।

मदनभण्डारीका लागि मेहोल श्रेष्ठले सर्वाधिक २ विकेट लिए । कौशल रुपाखेती र धावन सहनीले १/१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?