+
+
नेपाल सुपर लिग २०२३ :

काठमाडौंविरुद्ध चितवन पहिलो जितको प्रयासमा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते ८:२१

१२ मंसिर, काठमाडौं ।नेपाल सुपर लिग २०२३ मा मंगलबार दोस्रो चरणका खेल सुरु हुँदैछन् ।

सहभागी टिमको संख्या विजोर रहेको हुनाले स्पोर्टिङ इलामले भने दुई खेल खेलिसकेको छ । दोस्रो चरणको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सले एफसी चितवनको सामना गर्दैछ ।

यस खेलसँग जोडिएका तथ्यांक यस्ता छन् –

१. काठमाडौंविरुद्ध चितवनको खेल यसपल्टको प्रतियोगिताको छैटौं खेल हुनेछ । यो दोस्रो चरणको पहिलो खेल हुनेछ । समग्रमा यो प्रतियोगिताको इतिहासकै ३१औं खेल हुनेछ ।

२. काठमाडौं र चितवनबीच अहिलेसम्म एकै खेल भएको छ । पहिलो संस्करणको त्यस खेलमा काठमाडौं २-१ ले विजयी रहेको थियो । त्यस खेलमा काठमाडौंका लागि मेसुके ओलुमोउले १७औं मिनेटमा पहिलो गोल गरे भने संजोक राईले ३४ औं मिनेटमा दोस्रो गोल थपे । जवाफमा राजीव लोप्चनले ४० औं मिनेटमा चितवनका लागि एक गोल फर्काए ।

३. यसपल्टको संस्करणको उद्घाटन खेलमा काठमाडौंले स्पोर्टिङ इलामलाई १-० ले हराएको थियो । चितवन भने पोखरा थन्डर्ससँग १-० ले नै पराजित भएको थियो ।

४. सुरुआती अंक तालिकामा काठमाडौं तेस्रो स्थानमा छ र उसको तीन अंक छ । चितवन विना कुनै अंक सातौं स्थानमा छ ।

५. काठमाडौंले अहिलेसम्म प्रतियोगितको इतिहासमा १० खेल खेलेको छ । त्यसमा सात खेलमा जितेको छ भने एक बराबरीमा टुंगेको छ । दुई खेलमा पराजित भएको छ । काठमाडौं पछिल्ला तीन खेलमा लगातार विजयी रहेको छ ।

६. चितवनले अहिलेसम्म सग्रमा सात खेल खेलेको छ र यसमा जितविहीन रहेको छ । यी खेलमा चितवनले दुई बराबरी खेलेको छ भने बाँकी सबै पाँच खेलमा पराजित भएको छ । प्रतियोगिताको छोटो इतिहासमा यो सबैभन्दा खराब प्रदर्शनको क्रम हो ।

७. चितवन काठमाडौंविरुद्धको खेलमा आफ्नो पहिलो जितको प्रयासमा हुनेछ । उसको सामु लगातार छैटौं हार टार्ने चुनौती पनि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?