+
+

एनएसएलमा आज काठमाडौं रेजर्स र एफसी चितवन भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते ७:४५

१२ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज साविक विजेता काठमाडौं रेजर्स एफसी र एफसी चितवनबीच खेल हुँदैछ ।

दुवैको यस सिजन यो दोस्रो खेल हुनेछ । बालगोपाल महर्जन प्रशिक्षक तथा हिसुब थपलिया मार्की र कप्तान रहेको काठमाडौंले उद्घाटन खेलमै नयाँ टोली स्पोर्टिङ इलाम एफसीलाई १-० ले हराएर विजयी सुरुवात गरिसकेको छ ।

पहिलो खेल जित्दै ३ अंक जोड्दा सन्तुष्ट देखिए पनि काठमाडौंका प्रशिक्षक बालगोपालले टिमको प्रदर्शन भने अपेक्षा गरेअनुसार हुन नसकेको बताएका थिए । उनले उपाधि रक्षा गर्नका लागि अझ राम्रो प्रदर्शन गर्नुपर्ने बताएका थिए ।

उता गोलकिपर विशाल श्रेष्ठको कप्तानीमा रहेको चितवन भने पहिलो खेलमा पोखरा थण्डर्ससँग १-० ले पराजित भयो ।

चितवन एनएसएलमा ७ खेल खेल्दा अहिलेसम्म जितविहीन छ । पहिलो सिजन ६ खेल खेल्दा २ बराबरी र ४ हारको नतिजा निकालेको चितवनले पहिलो जितका लागि प्रतिक्षा गरिरहेको छ ।

चितवनमा भारतका मेहराजुद्दिन वाडु मुख्य प्रिशक्षक छन् । उनले पहिलो खेलमा हारपछि पहिला के भयो भन्दा पनि यो टिममा केन्द्रित हुने बताए । उनले टिमले आउने खेलहरुमा सुधारिएको प्रदर्शन गर्ने र जितका लागि खेल्ने बताएका थिए ।

काठमाडौं र चितवनबीचको खेल आज साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थति दशरथ रंगशालमा सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?