+
+

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड 

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते ११:१४

१२ मंसिर, काठमाडौं । सुनको मूल्य मंगलबार थप बढेर अहिलेसम्मकै उच्च भएको छ । सोमबारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै बढेको हो । सोमबार प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघले जनाएको छ । यद्यपि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले साढे ६ महिनाअघिको रेकर्ड पनि तोड्न सकेको छैन । वैशाख २२ गते अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २०५० डलर हाराहारीमा रहेको सुनको भाउ मंगलबार २०१५ डलर हाराहारीमा छ । नेपालमा चालु आर्थिक वर्षको बजेटमार्फत सुनमा कर बढाइँदा अन्तर्राष्ट्रिय बजारको तुलनामा उच्च दरले बढेर अहिले नयाँ रेकर्ड बनाएको हो ।

यसअघि ११ कात्तिकमा सुनको मूल्यले प्रतितोला १ लाख १७ हजार रुपैयाँको उच्च रेकर्ड बनाएको थियो । त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य स्थिर हो । सोमबार पनि प्रतितोला १५ सय रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?