+
+

एकजना कर्मचारीको गल्तीले करोडपति ! यिनले जिते ५ करोडको चिट्ठा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १३ गते ७:१५

हृालै अमेरिकाको इलिनोइसमा बस्ने माइकल सोपेजस्टल नामका व्यक्ति रातारात करोडपति बने । उनी आफ्नो पौरख वा मिहिनेतबाट भएको आम्दानीले धनी बनेका होइनन् । एकजना कर्मचारीको गल्तीका कारण उनले करोडौं रुपैयाँ जित्न सफल भएका हुन् ।

माइकल आफ्नो मनपर्ने रेष्टुरेन्टमा खाना खानका लागि हरेक केही हप्तामा इण्डियानाबाट मिसिगनसम्म गाडी चलाएर आउने गर्दछन् । मिसिगन लट्रीका अनुसार उनले लक्की फर लाइफको चिट्ठा पनि काट्ने गर्दथे ।

गत सेप्टेम्बर १७ मा गोलो ग्यास स्टेशनका एक खुद्रा बिक्रेताले भुलवस एउटै लक्की ड्रका लागि १० वटा लाइनयुक्त टिकट प्रिन्ट गरेर उनलाई दिए । त्यो जान्दाजान्दै पनि उनले त्यहीँ टिकट नै खरीद गरे ।

उनले भनेका छन्, ‘मैले एउटा बिहान जब आफ्नो टिकट हेरें तब थाहा भयो कि मैले जीवन भरका लागि हरेक वर्षको २५ हजार डलर जितेछु । त्यो हेर्दा त मेरो होसहवास नै उड्यो । अर्थात् मैले ती खुद्रा बिक्रेता कर्मचारकिो एक गल्तीका कारण त्यतिठूलो पुरस्कार जितेको थिएँ ।’

उनी हालै आफुले लट्रीमा जितेको रकम दाबी गर्नका लागि लट्री खुलाएको संस्थाको मुख्यालयमा पुगेका थिए । त्यहाँ गएर उनले जिवनभर वार्षिक २५ हजार डलरको साटो एकै पटकमा तीन लाख ९० हजार डलर भुक्तानी लिने विकल्प छाने । अर्थात् उनले एकैपटकमा करिब पाँच करोड २० लाख रुपैयाँ बराबरको रकम हात पारे ।

चिट्ठामा जितेको सो रकममध्ये केही घुमफिरमा खर्च गर्ने र बाँकी बचत गर्ने उनको योजना छ ।

लक्की फर लाइफ अमेरिकाका करिब दुई दर्जन राज्यहरुसँगै वाशिंटन डिसीमा पनि खेलिन्छ । यसमा पुरस्कारको रुपमा तीन डलरदेखि जीवनभरका लागि प्रतिदिन एक हजार डलर सम्मका पुरस्कार रहेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?