+
+

हालसम्म ६ माइक्रोफाइनान्सको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १३ गते ९:४१

१३ मंसिर, काठमाडौं । अहिलेसम्म माइक्रोफाइनान्स समूहका ६ वटा कम्पनीहरुले मात्रै गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गरेका माइक्रोफाइनान्स कम्पनीहरुमा युनिक नेपाल लघुवित्त, धौलागिरि लघुवित्त, आरएसडीसी लघुवित्त, स्वाबलम्बन लघुवित्त, एनआईसी एसिया लघुवित्त र सपोर्ट माइक्रोफाइनान्स छन् ।

जसमध्ये आरएसडीसी लघुवित्त कम्पनीको मात्रै बुक क्लोज भइसकेको छ । बुक क्लोज भएको सो कम्पनीको सेयर खरिद गर्नेले यो वर्षका लागि लाभांश पाउने छैनन् ।

त्यस्तै एनआईसी एसिया लघुवित्तको मंसिर २५ गते बुक क्लोज मिति तय भएको छ । सो दिनसम्म सेयर खरिद गर्नेले यो कम्पनीको लाभांश पाउने छन् । लाभांश घोषणा गरिसकेका अरु ४ माइक्रोफाइनान्स कम्पनीहरु धौलागिरी, सपोर्ट, स्वाबलम्बन र युनिक नेपालले भने अहिलेसम्म बुक क्लोजको मिति तय गरिसकेका छैनन् ।

कुन कम्पनीको लाभांश कति ?

कम्पनी बोनस सेयर नगद लाभांश
धौलागिरी लघुवित्त १४.२५ ०.७५
सपोर्ट माइक्रोफाइनान्स १३ ०.६८४
स्वाबलम्बन लघुवित्त १२.३५९ ०.६५
युनिक नेपाल १९
एनआईसी एसिया लघुवित्त १५
आरएसडीसी लघुवित्त ८.६ ०.४५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?