+
+

सुनको भाउमा लगातार रेकर्ड, तोलाको एक लाख १९ हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १३ गते १२:२१

१३ मंसिर, काठमाडौं । सुनको मूल्य बुधबार थप बढेर नयाँ रेकर्ड बनेको छ । सोमबारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै बढेको हो ।

बुधबार प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमबार प्रतितोला एक लाख १७ हजार ४०० तथा मंगलबार प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बुधबार प्रतिऔंस २०४७ डलर हाराहारीमा पुगेको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला १५२० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य २० रुपैयाँ बढेको ह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?