+
+

टी-२० क्रिकेटमा कोशी प्रदेशको सान्त्वना जित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १३ गते १३:३६

१३ मंसिर, पोखरा । पोखरामा जारी केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सान्त्वना जित हात पारेको छ ।

यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका टिमबीचको खेलमा कोशीले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको निलो टिमलाई ९ विकेटले हराएको हो ।

खेलमा आयोजक निलोले दिएको ६८ रनको लक्ष्यलाई कोशीले १ विकेट गुमाउँदै ७.४ ओभरमा पूरा गर्‍यो ।

कोशीलाई जिताउन नट आउट रहेका सोनु अन्सारीले ३५ तथा मिनाष थापाले १८ रन बनाए । अंकित सुवेदी १४ रनमा आउट भए ।

यसअघि टस जितेर फिल्डिङ रोजेको आयोजक निलो १७.५ ओभरमा ६७ रनमा अल आउट भयो । उसका लागि अर्जुन रायमाझीले २४ रन बनाए । मेहुल श्रेष्ठ र अभय यादवले १०–१० रन र शुभम खनालले ९ रन जोडे ।

कोशीका सर्वण यादवले ३.५ ओभरमा ८ रन दिएर ३ विकेट हात पारे । कमल खत्री र फिर्दोश अन्सारीले समान २–२ विकेट लिए ।

बिहीबार पोखरा रंगशालामा दुई सेमिफाइनल खेल हुनेछन् । पहिलो खेल विभागीय टोली नेपाल आर्मी र बागमती प्रदेश तथा दोश्रो खेल एपीएफ क्लब र मधेश प्रदेशकाबीच हुनेछ । फाइनल खेल शुक्रबार हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?