+
+

बीवाईडीले बनायो ६० लाख युनिट विद्युतीय गाडी, ३ महिनामै १० लाख उत्पादन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १४ गते १९:३४

काठमाडौं । न्यू इनर्जी भेहीकल र पावर ब्याट्रीहरुको विश्व प्रमुख निर्माता बीवाईडीले ६० लाख युनिट गाडी उत्पादन गरेको छ । पछिल्लो ३ महिनामै १० लाख यूनिट गाडी उत्पादन थप गरेर उत्पदनको नयाँ लक्ष्य भेटेको बीवाईडीले जनाएको छ ।

कम्पनीले बीएओ ५,फाङचेङबाओ उपब्राण्ड अन्तर्गतको एसयूभीको उत्पादन ६० लाख यूनिट पुर्‍याएको दाबी गरेको हो ।

गत अक्टोबरमा मात्रै कम्पनीले ३ लाख भ्नदा बढी युनिट विद्युतीय गाडीहरु बजारमा बिक्री गरेको थियो ।

बीवाईडीले विश्वका ५८ देशमा अहिले गाडीहरु बिक्री गर्दै आइरहेको छ । यो कम्पनीले सन् २०१० देखि विद्युतीय गाडी उत्पादनमा जोड दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?