+
+

नेपाल सुपर लिग २०२३ : चितवनले पहिलोपल्ट वीरगञ्जको सामना गर्दै, यस्तो छ तथ्यांक

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते ९:०३

१५ मंसिर, काठमाडौं । नेपाल सुपर लिग २०२३ मा शुक्रबार चितवन एफसीले वीरगञ्ज युनाइटेडको सामना गर्दैछ ।

दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् ।

१. चितवन र वीरगञ्जबीच यसपल्टको प्रतियोगिताको नवौं खेल हुँदैछ । यो समग्रमा प्रतियोगिताको ३४ औं खेल हुनेछ ।

२. वीरगञ्ज प्रतियोगिताको नवप्रवेशी टिम हो । त्यसैले चितवनले पहिलो पटक वीरगञ्जको सामना गर्दैछ ।

३. दुवै टिम प्रतियोगितामा पहिलो जितको प्रयासमा हुनेछन् । चितवनले यसपल्ट दुई खेल खेलिसकेको छ । त्यसमा एक हार र एक बराबरी रहेको छ । पोखरा थन्डर्सको हातबाट १–० ले पराजित भएपछि चितवनले काठमाडौं रेजर्ससँग १–१ को बराबरी खेलेको थियो ।

४.वीरगञ्जले एकै खेल खेलेको छ र उसलाई धनगढी एफसीले २–१ ले हराएको थियो ।

५. लिग अंक तालिकामा चितवन एक अंकमा छैटौं स्थानमा छ । वीरगञ्ज भने शून्य अंकमा आठौं स्थानमा छ ।

६. प्रतियोगिताको पहिलो संस्करण खेल्नेमध्ये चितवन नै एक मात्र त्यस्तो टिम रहेको छ, जसले कुनै जित निकाल्न सकेको छैन ।

७. चितवनले समग्रमा आठ खेल खेलेकोमा तीन बराबरी खेलेको छ भने बाँकी पाँच खेलमा हार बेहोरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?