+
+

अति सुन्दरता बन्यो यी महिलाका लागि अभिशाप ! कसैले कुरा गर्छ न मित्रता

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते १३:५९

काठमाडौं । केही मानिसको गुनासो हुन्छ कि आफू हेर्दा सुन्दर र स्मार्ट नभएको कारण राम्रो साथी पाउँदिनँ । वास्तवमा मानिसहरु दोस्रो व्यक्तिको मन र बानी व्यवहार होइन कि केवल उसको लुक्स हेरेर धारणा बनाउँछ ।

तर दुनियाँमा बाहिरी सुन्दरता मात्र पनि सबै कुरा रहेनछ । अत्यधिक सुन्दर हुनु पनि खासमा अभिशाप नै रहेछ । एकजना बेलायती महिला निकै सुन्दर तथा कामुक भएकै कारण कसैसँग मित्रता तथा सम्बन्धबाट बञ्चित छिन् । दक्षिण बेलायतको बासिंगस्टोकमा बस्ने ५५ वर्षकी फ्रान सएर यही अनौठो दाबीका कारण चर्चामा छिन् ।

फ्रानका अनुसार उनको सुन्दरता र ग्लामर नै उनको शत्रु बनेको छ । यहाँसम्म कि एकपटक त उनको छोराले पढ्ने विद्यालयको प्रिन्सिपलले नै उनलाई गाडी लिएर स्कुलभित्र नआउन र गाडी बाहिरै सडक किनारामा रोक्न भनेका थिए । स्कुल परिसरभित्र आउँदा उनको सुन्दरता देख्दा अरु महिलालाई समस्या पर्ने जिकिर प्रिन्सिपलको थियो ।

अन्य महिलाहरुलाई आफ्नो सुन्दरता देखेर जलन हुने र आफूलाई आफ्नो लुक्सबाट जज गर्ने गरेको उनी बताउँछिन् । उनका अनुसार अधिक सुन्दरताका कारण उनलाई कसैले बिहेको समारोहमा पनि निम्तो गर्दैन ।

यही कारण आफ्नो एकजना पनि महिला साथी नभएको भन्दै उनले आफू निकै आत्मविश्वासी रहेको र मानिसहरुले आफूलाई मन पराउन् भन्ने एकमात्र चाहना रहेको बताएकी छिन् ।

डेलीस्टारसँग उनले भनेकी छिन्– महिलाहरुले मलाई केबल जज गर्दछन्, हुनत जो कोहीले पनि मलाई जज गर्दछ । उनीहरुलाई मलाई जज गर्दछन् किनकि म ग्लामरस छु । जब तपाईं आकर्षक र ग्लामरस हुनुहुन्छ तब यो वास्तवमै कठीन हुन्छ किनकि तपाईं आफूलाई सधैँ मन पराइयोस् भन्ने चाहनुहुन्छ । तर सबैले तपाईंलाई मन पराउने भन्ने हुँदैन । मैले साथी बनाउने पूरा प्रयास गर्दछु, तर काम बन्दैन ।

फ्रानका अनुसार केवल १८ देखि २१ व्र्षका युवकहरुले मात्रै उनीसँग मित्रता गर्न रुचि देखाउँछन् । तीमध्ये केहीले प्रस्ताव पनि राखेका भएपनि तीमध्ये अधिकांश मुर्ख निस्किएका उनको अनुभव छ ।

आफू सुन्दरी हुनुका साथै बुद्धिमान पनि भएको भन्दै फ्रानले आफ्ना कामुक तस्वीरहरु बिक्री गरेर हालसम्म च्यारिटीका लागि १ लाख पाउण्ड रकम जम्मा गरेको दाबी गरेकी छिन् ।

आफ्नो सुन्दरताबाट महिलाहरु जल्ने गरेको थाहा पाएपछि आफूलाई त्यही सुन्दरताको माध्यमबाट परोपकारी कार्यका लागि पैसा जुटाउनु पर्छ भन्ने लागेको उनी बताउँछिन् । फ्रान भन्छिन्– भलै साथी फेला नपरुन् तर सुन्दरता मेरा लागि गर्वको विषय हो ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?