+
+

यो सरकार हल्लिरहेको छ, आफैं ढल्नसक्छ : ओली

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते १५:२९

१५ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीेले वर्तमान सरकार आफैं ढल्ने बताएका छन् । वर्तमान सरकारको जग कमजोर भएको भन्दै उनले कसैले ढाल्नै नपर्ने र आफैं ढल्ने बताए ।

शुक्रवार डडेलधुरामा आयोजित महाकाली-मेची अभिायनअन्तर्गतको सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘यो सरकार कसैले ढाल्नु पर्दैन, सरकार हल्लिरहेको छ । चर्याकमर्याक छ । यो सरकार कुनै समय आफैँ ढल्न सक्छ । यो कुनै खुट्टा भएको सरकार नै होइन । यो त गठबन्धनका छेस्का टिकाएर अडेको सरकार हो ।’

वर्तमान सरकार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नीतिमा हिँड्न खोज्दा पनि नसकेको र सत्ता साझेदार दल नेपाली कांग्रेस प्रचण्ड पथको भरिया बनेको आरोप ओलीले लगाए ।

वर्तमान सत्ता गठबन्धन रहीरहे देश बर्बादीमा जाने जिकिर गर्दै ओलीले आगामी २०८४ सालको चुनावपछि नेकपा एमालेको एकल सरकार बनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?